Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

महिला सञ्जालको पदस्थापन

हाम्रो कोशी आवाज
माघ २५ २०७७, आइतबार
महिला सञ्जालको पदस्थापन

धरानः महिला सञ्जाल धरानको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
केही महिना अगाडि नै सर्वसम्मतबाट चेतना श्रेङको अध्यक्षतामा महिला सञ्जाल गठन भएको थियो । कोरोना कहरको कारण पदस्थापना हुन सकेको थिएन । शनिबार धरान उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रमका बीच पदस्थापन कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष श्रेङले महिलाहरु अब साडीमा सजिएर हिँड्नुमात्रै होइन, सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्नुपर्नेमा जोड दिइन् । उनले अब सामाजिक उत्तरदायित्व बहन गर्दै महिलाहरु सबै कुरामा सक्षम छन् भन्ने कुरा देखाउने बताइन् ।
पदस्थापना तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि एवं धरान उपमहानगरपालिकाका मेयर तिलक राईले महिलाकै कारण घर र समाज बन्ने धारणा राखे । उनले सञ्जालको ब्यवस्थापकीय क्षमताले सही उद्देश्य, इमान्दारिता कायम गर्दै योजनाहरु ल्याउनुपर्नेमा जोड दिए ।
निवर्तमान अध्यक्ष सविता राईले बिगतमा आफ्नो नेतृत्वमा गरेका कार्यहरुलाई भिडियो डकुमेन्ट्रीमा प्रस्तुत गरिन् । उनले अब आउने कार्यसमितिका साथीहरूले विशुद्ध राजनीतिमा रही कार्य गर्नुपर्ने बताइन् ।
कार्यक्रममा सञ्जाललाई हर समयमा सल्लाह र सुझाव दिई हौसला प्रदान गर्ने प्राडा राजेन्द्र शर्मालाई दोसल्ला र सम्मान गरेका थियो भने अन्य सम्पूर्ण पूर्व अध्यक्ष एव कार्यसमितिका पदाधिकारीहरुलाई दोसल्ला र कदरपत्रले सम्मान समेत गरिएको थियो । कार्यक्रममा गत वर्ष बक्तृत्वकलाका चारजनालाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सपना राईले स्वागत मन्तब्य राखेकी थिइन् भने सञ्जालकी उपाध्यक्ष कोपिला भट्टराईले सञ्जालको पृष्ठभूमिको बारेमा जानकारी दिएकी थिइन् । कार्यक्रममा १३ नं. वडाका वडाध्यक्ष नेत्र काफ्लेले महिला सञ्जालको निर्मित भवन निर्माणको निमित जग्गा आवश्यक परेमा आफ्नो वडा क्षेत्रमा जग्गा उपलब्ध गराउने आश्वासन समेत दिए । कार्यक्रममा सञ्जालका परिकल्पनाकार एवं सल्लाहकार सुनिल नेपाल, नेपाली कांग्रेस धरान उपाध्यक्ष राजेन्द्र राई, सञ्जालकी संस्थापक पूर्व अध्यक्ष गंगा बराल, मिना पुलामी र इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले समेतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन सञ्जु राईले गरेकी थिइन् ।
तस्वीरहरुः लक्ष्मण थापा

प्रकाशित मिति: माघ २५ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend