Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एसइई राष्ट्रिय परीक्षा बोर्डले गर्ने

हाम्रो कोशी आवाज
माघ २८ २०७७, बुधबार
एसइई राष्ट्रिय परीक्षा बोर्डले गर्ने

धरानः कक्षा-१० को अन्तिममा लिइने परीक्षा साविककै शैलीमा गर्ने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्री परिषद्को बैठकले सो निर्णय गरेको सञ्चार मन्त्री पार्वत गुरुङले सार्वजनिक गरेका हुन् । शैक्षिक सत्रका बारेमा शिक्षा नियमावली संशोधन गरेर आवश्यक कार्य गर्ने उनले बताए ।
संविधानले नै माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकार मातहत हुने व्यवस्था गरेको छ । तीन तहको सरकारको अधिकार क्षेत्रको बाँडफाँट गर्दा कक्षा १० को परीक्षा प्रदेशमा राखिएको छ ।
‘विद्यालय शिक्षाको शैक्षिक सत्र तथा बार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सन्दर्भमा माध्यमिक शिक्षा कक्षा १० को एसइई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्टिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन व्यवस्थापन नतिजा प्रकाशन र प्रमाणिकरण गर्ने प्रवन्ध मिलाउने’ निर्णय सार्वजनिक गर्दै उनले भने ‘शैक्षिक सत्र र विद्यालय तहका सबै तह र कक्षाका विद्यार्थीहरुलाई स्थानान्तरण सम्बन्धमा शिक्षा नियमावली २०५९ मा तत् सम्बन्धी आवश्यक व्यवस्था गर्ने निर्णय गरिएको छ ।’
नियमावली नै संशोधन भएको छ । नियमावली संशोधन भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रको मिति तोक्ने अधिकार पाएको छ । ‘नियमावलीमा शैक्षिक सत्र वैशाखदेखि कायम गर्ने भन्ने थियो’, शिक्षा मन्त्रालयका सचिव गोपिनाथ मैनालीले भने, ‘विशेष परिस्थिति (कोभिड–१९) का कारण शैक्षिक सत्र परिवर्तन गर्ने प्रावधान सरकारले राखेको छ । अब शैक्षिक सत्रको नयाँ मिति तोकिन्छ ।’
मन्त्रालयले दुईवटा शैक्षिक सत्र असारदेखि सुरु गर्ने गृहकार्य थालेको छ । ‘यो वर्ष र आगामी वर्ष १ असारदेखि शैक्षिक सत्र कायम गर्ने गृहकार्य थालेका छौं’, सचिव मैनालील भने ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) राष्ट्रिय परीक्षा बोर्डले जेठमा गर्ने भएको छ । अघिल्लो वर्ष एसइई विद्यालयलाई मूल्यांकन गर्न दिइएको थियो । तर, विद्यालयले जथाभावी नम्बर दिएपछि परीक्षा बोर्डले नै सञ्चालन गर्ने निर्णयमा सरकार पुगेको हो । विद्याथीले पायक पर्ने ठाउँबाट पठनपाठन र एसइई दिन पाउने व्यवस्था मिलाइने भएको छ । जेठको दोस्रो साताभित्र विद्यालय तहको पठनपाठन पूरा गरिने उनले बताए ।

प्रकाशित मिति: माघ २८ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend