Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान जेसीजमा पदस्थापन

हाम्रो कोशी आवाज
फाल्गुन ६ २०७७, बिहिबार
धरान जेसीजमा पदस्थापन

धरानः धरान जेसीजको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
पूर्वमन्त्री महेश आचार्यले अब जेसीजले मात्र होइन, देश विकासमा राजनैतिक पार्टीले पनि एक व्यक्ति एक पदको अवधारणा ल्याउनुपर्ने धारणा राखेका छन् ।
धरान जेसीजको ४५ औं पदस्थापना कार्यक्रमका प्रमुख अतिथि आचार्यले समृद्ध राष्ट्र निर्माणका लागि सक्षम नेतृत्वले भिजन सँगसँगै योजना कार्यान्वयनमा पनि उत्कृष्टता ल्याउनुपर्ने बताए ।
धरान जेसीजले नवनिर्वाचित पदाधिकारीहरुलाई पदस्थापित गर्न कार्यक्रम आयोजना भएको थियो । वर्ष २०२० का अध्यक्ष दीपेन्द्र निरौलाले नवनिर्वाचित अध्यक्ष मणिराज अधिकारीलाई शपथ ग्रहण गराई पदभार सुम्पिएका थिए ।
कार्यक्रममा विशेष अतिथिका रुपमा प्रदेश नं. १ का प्रदेश सभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ र धरान उपमहानगरपालिकाका मेयर तिलक राई रहेका थिए । धरान जेसीजले तालिमका माध्यमबाट साधारण व्यक्तिहरुको नेतृत्व र व्यक्तित्वमा विकास गर्न सफल रहेको मेयर राई बताए ।
वर्ष २०२१ का लागि नवनिर्वाचत अध्यक्ष अधिकारीले महासचिवमा कृष्ण केसी, कोषाध्यक्षमा सलुजा श्रेष्ठ, कानूनी सल्लाहकारमा विदुर थापा, आर्थिक सल्लाहकारमा वर्षा अग्रवाल तथा तालिम इन्स्टिच्यूटको निर्देशकमा सञ्जु राईलाई मनोनित गरिएको थियो । त्यसैगरी धरान जुनियर जेसीजको वर्ष २०२१ का लागि साहिल भुजेल पदस्थापित भएका छन् । कार्यक्रममा धरान जेसीजको भवन निर्माणका लागि सहयोगीदाताहरुलाई सम्मानपत्र समेत वितरण गरिएको थियो । जेसीजका पूर्व अध्यक्ष मोहन श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष मनिष शाहीले स्वागत मन्तव्य राखेका थिए ।

प्रकाशित मिति: फाल्गुन ६ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend