Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मातृभाषा संरक्षणः व्यवहारमा छैन

हाम्रो कोशी आवाज
फाल्गुन ९ २०७७, आइतबार
मातृभाषा संरक्षणः व्यवहारमा छैन

अङ्ग्रेजी महिनाको हरेक फेब्रुअरी २१ को दिनमा यो अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइन्छ । सन् १९५२ मा बङ्गलादेशमा मातृभाषा (बङ्गाली भाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्ने विद्यार्थीहरु मारिएको दिनको संस्मरणमा यो दिवस मनाइने गरिन्छ । बंगलादेशमा त्यसबेला बङ्गलादेशलाई पूर्वी पाकिस्तान भनिन्थ्यो । बंगलादेशबाट मातृभाषाको लागि क्रान्ति भएपछि सो दिनको सम्झनामा यो दिवसलाई मान्यता दिइएको छ ।
सन् १९५७ सालमा बंगाली भाषा बोल्न पाउनुपर्ने माग गर्दै बंगलादेशको राजधानी ढाकामा विद्यार्थीले आन्दोलन गरेका थिए । यसरी आन्दोलन गर्दा राज्यबाट दमन भएको थियो । फेब्रुअरी २१ का दिन राज्यले आन्दोलनमा दमन गर्दा ढाकाको विश्वविद्यालयका पाँच विद्यार्थीले शहादत प्राप्त गरेका थिए ।
सन १९९९ नोभेम्बर १७ मा युनेस्कोले पनि यस दिनलाई विशेष दिनका रूपमा स्वीकार गरेको थियो । संयुक्त राष्ट्र सङ्घले सन २००० मा समेत यस दिनलाई मातृभाषा दिवसका रूपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो । बङ्गलादेशमा भने अहिले पनि आजको दिन राष्ट्रिय विदा दिने गरिन्छ । यस दिवसका माध्यमबाट विश्वका विभिन्न भाषा तथा संस्कृतिहरुको विविधतालाई स्वीकार गरी बहुभाषा र बहुसंस्कृतिलाई संरक्षण प्रदान गरिएको छ । मातृभाषाकै संरक्षणका लागि जागरण स्वरुप संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००८ लाई अन्तर्राष्ट्रिय भाषा वर्षरुपमा मनाइएको थियो ।
राष्ट्रिय जनगणना २०६८ को अनुसार नेपालमा १ सय २३ वटा भाषाहरु बोलिन्छन् । यो संख्या २०६८ को कै गणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ मध्ये ४४ दशमलव ६ प्रतिशतले नेपाली भाषालाई आफ्नो मातृभाषा बताएका छन् । नेपाली भाषालाई दोस्रो भाषाकारुपमा ७७ दशमलव ३७ प्रतिशत जनसंख्याले स्वीकार गरेको छ । त्यसैगरी ११ दशमलव ७ प्रतिशतले मैथिली बोल्दछन् भने ६ प्रतिशतले भोजपुरी, ५ दशमलव ८ प्रतिशतले थारू, ५ दशमलव १ ले तामाङ भाषा र ३ दशमलव २ ले नेवारी भाषा बोल्ने तथ्यांकले देखाएको छ ।
यस तथ्यांकअनुसार नेपाली भाषापछि नेपालमा सबैभन्दा बढी बोलिने भाषा मैथिली हो भने सवैभन्दा कम बोलिने भाषा संस्कृत हो । संस्कृत भाषा बोल्ने जनसंख्या १ हजार ६ सय ६९ रहेको छ । नेपालको संविधान २०७२ को प्रस्तावनामै नेपाललाई बहुभाषिक भनिएको छ । धारा ६ मा सबै मातृभाषाहरु राष्ट्रभाषा हुन् भनिएको छ । यसबाट सवै (१२३ वटै) भाषाहरुलाई समान रुपमा संवैधानिक स्तर प्राप्त भएको छ । तर ब्यवहारमा भने कार्यान्वयन हुन सकेको छैन । नेपालका सरकारी कामकाजीको भाषाको रुपमा अझै पनि आनाकानी गरिरहेका छन् । अदालतमा दोभासे राख्ने ब्यवस्था भए पनि प्रहरी प्रशासन र कारागारमा मातृभाषा बोल्न अझै पनि प्रतिबन्ध छ । हिरासतमा रहेका आफन्त भेट्न जाँदा प्रहरीले मातृभाषा बोल्न दिँदैन । त्यसैगरी कारागारमा रहेका नेपालका आदिवासी मूलबासीले आफ्नो मातृभाषामा बातचीत गर्न पाउँदैनन् । त्यहाँ सबैले बुझिने भाषा नेपाली बोल्न भनेर दबाब दिन्छन् । नेपालमा मातृभाषासँगै लिपीको समेत उत्तिकै महत्व छ । मातृभाषासँगै लिपी लोप हुने अवस्था छ तर नेपालमा नेपाली भाषा देवनागरी लिपीको मात्र प्रयोगले मातृभाषासँगै संभोटा लिपी, सिरिजंगा लिपी, अक्खारीका लिपीहरु लोप हुने अवस्थामा छ ।
नेपालको संविधान २०७२ सालमा जारी भएको पाँच वर्ष बितिसकेको छ तर संविधानअनुसार मातृभाषा कक्षा तथा मातृभाषा संरक्षणमा अत्यन्त न्यून काम भएको छ । मातृभाषा पढाइको लागि आवश्यक पाठ्यक्रम शब्दकोष निर्माणमा भनिएजस्तो प्रगति हुन सकेको छैन । बहुसंख्यक मातृभाषाको पाठ्यक्रम तथा शब्दकोष बनिएको भएपनि प्राथमिकतामा हुनुपर्ने लोपोन्मुख भाषाको लागि ठोस कदम चालिएको पाइएन । संघसंस्था बाहेक राज्यबाट चारो हालेजस्तो केहीदिन गोष्ठी गरेर मातृभाषा संरक्षणको ढ्वाङ फुक्ने बाहेक अरु भएको पाइएन ।
देश संघीयतामा गएको भनिएपनि स्थानिय सरकारमा ठोस काम हुननसक्दा थप लोप हुने अवस्थामा छ । आधारभूत तहसम्म अनिवार्यरुपमा मातृभाषा कक्षा सञ्चालन नगरेसम्म नेपालको निधीको रुपमा रहेको मातृभाषा दिनानुदिन लोप हुने अवस्थामा छ । मातृभाषा संरक्षण गर्न राज्यको जति जिम्मेवार छ तपाईं हाम्रो पनि उत्तिनै जिम्मेवार छ ।

प्रकाशित मिति: फाल्गुन ९ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ११ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend