धरानः धरान-८ स्थित तीनकुनेनजिकै सडेर, सुकेको अवस्थामा शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले तीनकुनेदेखि केही तल जंगलमा सडेको अवस्थामा शव भेटिएको जानकारी दिए ।
‘सडेको साथै सुकेको अवस्थामा शव भेटिएको छ’, उनले भने, ‘शव नचिनिने अवस्थामा फेला पारेका छौं, लगाएको कपडा हेर्दा पुरुष हो कि भन्ने आशंका गरिएको छ ।’
शुक्रबार बिहान वनका कर्मचारीले सो शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । ‘घटनास्थलमा पुगेर शवको मुचुल्का उठाइएको छ’, उनले भने । बिहानको समयमा शव भेटिएपनि हालसम्म पनि शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।