Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पूर्व प्रदेश प्रमुखको हिँडाइ र धरानमा हेर्नलायक पार्क !

हाम्रो कोशी आवाज
फाल्गुन २१ २०७७, शुक्रबार
पूर्व प्रदेश प्रमुखको हिँडाइ र धरानमा हेर्नलायक पार्क !

पूर्व प्रदेश प्रमुखको हिँडाइ

धरानः प्रदेश १ का पूर्व प्रदेश प्रमुख बनेका गोविन्द तुम्याहाङ (सुब्बा) अहिलेसम्म कुनै सवारी प्रयोग नगर्नेमध्येका एक हुन् । प्रायः धरानको मामिलामा उनी मर्निङवाक होस् वा बजार ओहोदोहोर गर्दा सवारी साधन प्रयोग गर्दैनन् । उनी हिँड्न नै मन पराउँछन् । प्रदेश प्रमुख हुँदा पनि उनी धरानमा खासै गाडी चढेनन् भन्ने चर्चा समेत हुने गरेको छ । उनी प्रदेश १ को कार्यालय विराटनगरसम्म पुग्दा मात्रै सवारी साधनको प्रयोग हुने गरेको चर्चा हुने गरेको छ । स्वास्थ्यलाई ठीक अवस्थामा राख्न पनि उनी प्रायः सवारी साधन प्रयोग नगर्ने बताउँदै आएका छन् । तर पनि उनलाई देख्ने, बुझ्नेले भन्ने गरेका छन्– सरकारी पद धारण गरेका व्यक्ति र नेता हुन् त यस्ता । प्रदेश प्रमुखको पदमा रहँदा नै धरान–१२ स्थित चतरालाइनमा लिइएको फाइल तस्वीर ।

धरानमा हेर्नलायक पार्क !

.

तत्कालीन स्व. मेयर तारा सुब्बा स्मृति पार्क निर्माण भइरहेको छ । धरान–१६ स्थित सर्दुखोला किनारमा सो पार्क निर्माण भइरहेको छ । शुरुमा भूमिपार्क नाम राखिएपनि उनको निधनपछि यो पार्कको नाम ‘तारा सुब्बा स्मृति पार्क नामाकरण’ गरिएको हो ।
सर्दु खोला किनारमा रिटेनिङ वाल उठाएर जोगिएको जग्गामा पार्क बनाइएको हो । पार्कमा बालबालिकाहरुलाई खेल्ने पिङ, आरामदायी बस्ने ठाउँ, गार्डेन, टाली बिछ्याइएको ठाउँ वरिपरी रेल, स्वीमिङ खेल्ने ठाउँ बनाउने लक्ष्य छ । वडाअध्यक्ष दिलकुमार गिरीले विशेषतः बालबालिका खेल्ने, रमाउने ठाउँ बन्ने बताउँछन् । अहिले कतिपय संरचना निर्माण भइसकेका छन् । ‘अझै यसलाई व्यवस्थित गर्नका लागि १ करोड २० लाख बजेट छुट्टिइसकेको छ’, उनले भने, ‘यसका लागि केहीदिनमा टेण्डर आह्वान गर्दैछौं, त्यसपछि मात्रै यो व्यवस्थित र हेर्नलायकको हुन्छ ।’ विशेषतः धरानमा हेर्नलायक पार्क नै अहिलेसम्म बन्न सकेको छैन । तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: फाल्गुन २१ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend