Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

श्रमिक महिलाको मुक्तिको प्रश्न

हाम्रो कोशी आवाज
फाल्गुन २४ २०७७, सोमबार
श्रमिक महिलाको मुक्तिको प्रश्न

अंग्रेजी पात्रोमा प्रत्येक वर्ष आउने आठ मार्च के हो ? विश्वभरका महिलाहरु मूलतः श्रमिक महिलाहरुका लागि यो दिनको किन महत्व रहन्छ ? आदि प्रश्नहरुबारे स्वयम् श्रमिक महिलाहरु र उनीहरुको मुक्तिका लागि कामगर्ने कम्युनिष्ट पार्टीहरुका बिचमा स्पष्टताको अभाव देखिन्छन् । किनभने श्रमिक महिलाहरुको मुक्तिको सवालसित जोडिएको यो दिवसलाई आखिरमा पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने “अधिकारवादी” महिलाहरुको चाडका रुपमा रुपान्तरित भएर लैजान उनीहरु सफल देखिएका छन् । पुँजी, शक्ति र सामथ्र्यवान सत्ताधारी महिलाहरुले यसलाई आफ्नो वर्गका महिलाको हितमा काम गर्ने एउटा “अधिकारवादी” महिलाहरुको चाडका रुपमा अगाडि बढाउन थालेका । अहिले वर्तमानमा यसलाई अन्तराष्ट्रिय नारी दिवसका रुपमा संयुक्त राष्ट्रसंघ र त्यसका सदस्य राष्ट्र तथा देशहरुमा त्यही खालका महिलाहरुको चाडका रुपमा मनाइने गरिन्छ । नेपालको वर्तमान एमाले र माके सरकार जसले आफूहरुलाई माक्र्सवादी—लेनिनवादी भन्ने गर्दछन्, तिनीहरुले पनि यसलाई श्रमिक महिलाहरुको मुक्तिको सवालसित नजोडि तिनै पुँजी, शक्ति र सामथ्र्यवान सत्ताधारी “अधिकारवादी” महिलाहरुको चाडका रुपमा मनाउन थालेका छन् र त्यसमा श्रमिक महिलाहरुको उपस्थति कतै देखिदैन् ।
अहिले राष्ट्रसंघलगायत विभिन्न राष्ट्र तथा देशका “अधिकारवादी” महिला नेतृहरू आठ मार्च आउनुभन्दा दुई चार दिन अगाडिदेखि सलबलाउन थालेको देखिएका हुन् — अन्तराष्ट्रिय नारी दिवस भव्यरूपले मनाउने कार्यक्रमका साथ । उनीहरुले अन्तराष्ट्रिय श्रमिक महिला दिवस नभनी अन्तराष्ट्रिय नारी दिवस भनेका छन् । उनीहरुले गरेका कार्यक्रमहरुमा भव्य भोजको आयोजना गरिएका छन्, मन्त्रीहरू, उच्च पदस्थ कर्मचारीहरू भोजको लाइनमा चारतारे होटलमा देखिएका छन् । होटलको बन्द कोठामा महिला मुक्तिबारे गरमागरम बहस, छलफल र अन्तरक्रियात्मक कार्यक्रमहरू पनि भए । नारी पुरूष बराबरीका नारा पनि लगाइए । मातृसत्ता र पितृसत्ताका कुरा पनि भए । ती कार्यक्रमका लागि विभिन्न दातृनिकायहरूले त्यसका लागि पैसा उपलब्ध गराउने काम पनि गरे किनभने ती संस्थाहरुमा पनि “अधिकारवादी” महिला छन् । नेपाल लगायत देशका माक्र्सवादी—लेनिनवादीभित्रका संशोधनवादीहरुले जो रुपमा माक्र्सवादी—लेनिनवादी तर सारमा पुँजी, शक्ति र सामथ्र्यवान सत्ताधारी महिलाहरुको स्तरमा ती भित्रका अधिकारवादी महिलाहरुसित यो दिवसलाई अन्य पुँजीपति वर्गीय राजनीतिक दलहरुसित मिलेर एउटा चाडका रुपमा अगाडि बढाउने काम पनि गरे ।
सारमा आठ मार्चलाई हेर्ने दुई फरक दृष्टिकोण स्पष्ट देखिएका छन् । प्रथम माक्र्सवादी—लेनिनवादी दृष्टिकोण र दोस्रो संयुक्त राष्ट्र संघले अपनाएको साम्राज्यवादी पुँजीवादी दृष्टिकोण । माक्र्सवादी—लेनिनवादी दृष्टिकोण अनुसार यो अन्तराष्ट्रिय श्रमिक महिला दिवस हो,र जसको इतिहास सन् १९११मा एउटी जर्मन माक्र्सवादी सिद्धान्तकार, एक्टीभिष्ट, र महिला अधिकारका लागि वोकालत गर्ने एक जना महिला क्लारा जेटकिनले कोरेकि थिइन् । उनले सन् १९११मा पहिलो अन्तराष्ट्रिय महिला दिवसको आयोजना गरेकि थिइन् । संयुक्त राष्ट्र संघको आव्हानमा १९७५को जुनमा मेक्सिकोमा अन्तराष्ट्रिय महिला सम्मेलन भयो र त्यसले आठ मार्चलाई अन्तराष्ट्रिय नारी दिवस मनाउने निर्णय ग¥यो । यसरी फरक नाम र नारामा संयुक्त राष्ट्र संघले अपनाएको साम्राज्यवादी पुँजीवादी दृष्टिकोण अनुसार अहिले उनीहरुले श्रमिक शब्द हटाएर अन्तराष्ट्रिय महिला दिवस वा नारी दिवस मनाउन थालेका छन् ।
एउटा माक्र्सवादी सिद्धान्तकार, एक्टीभिष्ट, र महिला अधिकारका लागि वोकालत गर्ने क्लारा जेटकिनले सुरु गरेको र उनले कोरेको महिला समानता र महिला अधिकारको आवाज उठाइएको शताब्दी विति सक्दा पनि महिला प्रति गरिने सबै प्रकारका विभेदको उन्मूलननका दिशामा विश्व अझै वामे मात्रै सर्दै छ भन्दा गलत नहोला । र स्वयम् कम्युनिष्टभित्रका श्रमिक महिलाहरु पनि उत्पीडनबाट मुक्त हुन सकिरहेका छैनन् ।
माक्र्सवादी सिद्धान्तकार, एक्टीभिष्ट, र महिला अधिकारका लागि वोकालत गर्ने क्लारा जेटकिनको जन्म एउटा किसान परिवारमा भएको थियो । उनका बाउ एक जना स्कुल माष्टर थिए । प्रोटेष्टेन्ट पादरी उनकी आमा एउटा मध्यवर्गीय शिक्षित परिवारकी थिइन् । १८७४देखि उनी महिला आन्दोलन र मजदुर आन्दोलनमा लागिन । १८७८मा उनी समाजवादी श्रमिक पार्टीमा सम्मिलित भइन् । यो पार्टी १८७५मा लाशालको पार्टी, बेबेल र विल्हेमको पार्टी मिलेर बनेको पार्टी थियो । १८९०मा यसको नाम जर्मनको समाजवादी प्रजातान्त्रिक दल बन्यो । १८७८मा बिष्मार्कले जर्मनमा सामाजिक काममाथि रोक लगाएपछि जेटकिनले १८८२मा जर्मन छाडेर जुरिच अनि पेरिशमा निर्वासनमा वस्न थालिन । पेरिसमा वस्दा उनले अन्तराष्ट्रिय समाजवादी समूहको स्थापनामा एउटा महत्वपूर्ण भूमिका खेलिन । उनले आफनो रसियन वामपन्थी प्रेमी वोसिप जेटकिनको थरबाट जेटकिन राखिन, जसबाट उनका दुई भाई छोरा कोष्टजा र मेक्सीम थिए । वोसिप जेटकिनको मृत्यु १८८९मा भयो । उनले जर्मनको स्वतन्त्र समाजवादी प्रजातान्त्रिक पार्टीको सबैभन्दा उग्रवामपन्थी शाखा, स्पार्टावादी संघमा सामेल भइन् जो पछि गएर जर्मनी कम्युनिष्ट पार्टी बन्यो । जसबाट उनले १९२०देखि १९३३सम्म वोइमर गणतन्त्रका वेला त्यहा“को संसद राइखस्टांगमा प्रतिनिधित्व गरिन् ।
समाजवादी प्रजातान्त्रिक पार्टीमा जेटकिनले त्यस समयका अर्का माक्र्सवादी रोजा लक्जमवर्गसंग मिलेर जो पार्टीभित्रका अति वामपन्थीको प्रतिनिधित्व गर्दथे काम गर्न थालिन । २०सौ शताब्दीको सुरूमा संशोधनवादसंगको बहसमा उनले रोजा लक्जमवर्गसंग मिलेर एडवार्ड बन्र्सटिको सुधारवादी थेसिसमाथि आक्रमण गर्न थालिन । जेटकिन महिला राजनीति जसमा समान अवसरहरू र महिलाका दुखदर्दहरूका लागि संघर्ष थियो । उनले जर्मनमा समाजीक—प्रजातान्त्रिक महिला आन्दोलनको विकास गरिन, १८९१देखि १९१७सम्म समानता भन्ने महिला पत्रिका सम्पादन गरिन । १९०७मा समाजवादी प्रजातान्त्रिक पार्टीको महिला अफिस जो भरखरै स्थापना गरिएको थियो, त्यसको नेता बनिन । उनले १९१०को ८ मार्चमा पहिलो अन्तराष्ट्रिय महिला दिनको सुरू कोपनहेगनमा गरेकि थिइन ।
पहिलो विश्वयुद्धको समयमा, कार्ल लिव्खनेक्ट, रोजा र समाजवादी प्रजातान्त्रिक दलका अन्य प्रभावशाली राजनेताहरूसंग मिलेर गरिन । १९१५मा जेटकिनले बर्लिनमा युद्ध विरोधी अन्तराष्ट्रिय समाजवादी महिला युद्धविरोधी सम्मेलन गरिन । उनको युद्ध विरोधी विचारहरूलाई लिएर अनेक पटक गिरफतार भइन् । उनले १९२०मा ‘माहिलाको प्रश्न’बारे लेनिनको अन्तरवार्ता लिइन । १९२१देखि १९३३सम्म उनी कम्युनिष्ट अन्तराष्ट्रिय(कमीन्टर्न)को कार्यकारीणी समितीमा रहिन । जव एडल्फ हिटलर र उसको राष्टिय समाजवादी जर्मन मजदुर पार्टी सत्तामा गयो, उसले जर्मनको कम्युनिष्ट पार्टीमाथि प्रतिवन्ध लगायो । १९३३मा राइखस्टांगलाई खतम पा¥यो र उनी अन्तिम समयका लागि निर्वासनमा गइन । यसपटक उनी सोभियत संघमा गइन र त्यहाँ उनको निधन भयो । उनको पार्थिव शरीरलाई मसकोको क्रेमलीनमा गाडियो । यस्ती विरंगनाको नाम हो जसले आठ मार्चको नीव गाडेकी थिइन् तर अहिले यो “अधिकारवादी” महिलाको लागि मागी खाने भाडो बन्न गएको छ र श्रमिक महिलाहरुको मुक्तिको सवाल जो जेटकिन आन्दोलनले उद्घोष गरेको थियो महिला मुक्तिको केन्द्रीय प्रश्न थियो— प्रतिक्रियावादीहरु र सुधारवादीहरुको पोल्टामा पर्न गएको छ । र यसबाट मुक्ति नै अन्तरास्ट्रिय श्रमिक महिला दिवसको महत्व रहेको छ ।

प्रकाशित मिति: फाल्गुन २४ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ११ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend