Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘सरकारी स्कुल सुधार्न शिक्षा ऐन आउँछ’

हाम्रो कोशी आवाज
फाल्गुन २४ २०७७, सोमबार
‘सरकारी स्कुल सुधार्न शिक्षा ऐन आउँछ’

धरानः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले सरकारी विद्यालय सुधार्न शिक्षा ऐन ल्याउन लागिएको बताएका छन् ।
संघीय शिक्षा ऐन ल्याउने तयारी थालेको उनले बताएका हुन् । २०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रका सबै विषय समेट्न नसकेको बताउँदै उनले जनताका छोराछोरीलाई सरकारी विद्यालयमा पढ्ने वातावरण सिर्जना हुनुपर्ने, गुणस्तरीय शिक्षा हुनुपर्ने तर्क राखे । ‘त्यसको लागि सरकारी विद्यालयको सुधार हुनुपर्छ, यो ऐन पनि त्यसैका लागि हो ।’
मन्त्री श्रेष्ठले सरकारको पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा नै भएको प्रस्ट पारे । विकसित देशहरुमा सरकारी विद्यालय विध्यार्थी तथा अभिभावकको पहिलो प्राथमिकतामा पर्ने गरेको उल्लेख गर्दै नेपालमा पनि सरकारी विद्यालयलाई व्यवस्थित बनाउनुपर्नेमा मन्त्री श्रेष्ठको जोड थियो ।

प्रकाशित मिति: फाल्गुन २४ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend