Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मेसीको कीर्तिमानी खेलमा बार्सिलोनाको जित

हाम्रो कोशी आवाज
चैत्र ३ २०७७, मंगलबार
मेसीको कीर्तिमानी खेलमा बार्सिलोनाको जित

धरानः स्पेनिस ला लिगामा बार्सिलोनाले जित हात पारेको छ। बार्सिलोनाले सोमबार राति भएको खेलमा हुएस्कालाई ४-१ गोललले पराजित गर्‍यो। बार्सिलोनाको जितमा लिओनल मेसीले दुई गोल गरे। उनले खेलको १३ र ९० मिनेटमा गोल गरेका थिए।
एन्टोनी ग्रिजम्यानले ३५ मिनेट र ओस्कार मिगुएजा ५३ मिनेटमा गोल गरे। हुएस्काका लागि मिरले पहिलो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा पेनाल्टीबाट गोल गरे। सोमबार राति हुएस्काविरुद्ध खेलेसँगै मेसीले बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने जाभीको कीर्तिमानसँग बराबरी गरे।
मेसीले सोमबार बार्सिलोनाबाट लागि ७६७ औं खेल खेलेका हुन्। सन् २००४ मा डेब्यू गरे यता मेसीले बार्सिलोनाका लगि ६६१ गोल गरिसकेका छन्। ३३ वर्षीय मेसीले बार्सिलोनाबाट १७ वर्ष खेल्दा १० पटक ला लिगाको उपाधि जितिसकेका छन्। यस्तै चार पटक युरोपियन च्याम्पियन्स लिग जितेका उनले कुल ३४ ट्रफी उचालेका छन्।
आगामी आइतबार रियल सोसिडाडविरुद्ध मौका पाए मेसी बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुनेछन्। मेसीको कीर्तिमानी खेलमा जित हात पारेसँगै बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
बार्सिलोनाले २७ खेलबाट ५९ अंक जोडेको छ। शीर्ष स्थानको एट्लेटिको म्याड्रिडको ६३ अंक छ भने तेस्रो स्थानमा झरेको रियल म्याड्रिडको ५७ अंक छ।

प्रकाशित मिति: चैत्र ३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend