Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सम्यकमा अशोककुमार राई

हाम्रो कोशी आवाज
चैत्र ९ २०७७, सोमबार
सम्यकमा अशोककुमार राई

धरानः धरान–१७ स्थित श्री सम्यक शिक्षा आधारभूत विद्यालय विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघ गठन भएको छ ।
विद्यालयका अभिभावकहरुको सक्रिय उपस्थित भएको सो भेलाबाट अशोककुमार राईको अध्यक्षतामा ९ जनाको विद्यालय व्यवस्थापन समितिको गठन भएको छ । अध्यक्षमा अशोककुमार राई, सदस्यहरुमा ज्ञान सरी राई, निर्मला विक, सरिता लामा र समाजसेवीबाट चन्द्रकला तामाङ र निरन्तर सहयोगीदाताबाट धरान राउण्ड टेबल २६ का अध्यक्ष आशिष अग्रवाल सदस्यमा मनोनित हुनु भएको छ ।
त्यसैगरी सुुनिता तामाङको अध्यक्षतामा सात जनाको शिक्षक अभिभावक संघको गठन भएको छ । अध्यक्षमा सुनिता तामाङ, सदस्यहरुमा राजकुमार विक, वीरेन्द्र राई, निता भुजेल, चन्द्र तामाङ, विष्णुकुमारी विशुङ्के र रुकमणी लिम्बुनी रहेकी छिन् ।
सो कार्यक्रममा धरान उपमहानगरपालिका शिक्षा शाखाको शाखा अधिकृत श्री रामचन्द्र कार्की र वडा न १७ को वडा सदस्य सुवास बर्देवा र फूलमाया परियारको उपस्थित रहेको थियो ।
यसैबीच श्री सम्यक शिक्षा आधारभूत विद्यालय धरान–१७ उदयटोलमा एकता दिवसको अवसरमा धरान राउण्ड टेबलले विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई कपी र ज्यामिति बक्स वितरण गरेको छ ।
धरान राउण्ड टेबल २६ का निर्वतमान अध्यक्ष लक्ष्मीकान्त वियानीको जन्मदिनको अवसरमा सम्पूर्ण विद्यार्थीहरुलाई खाजाको साथै कपी र ज्यामिति बक्स उपलब्ध गरेको थियो । सो कार्यक्रममा विद्यालयमा भएको तीनदिने खेलकुद प्रतियोगिताको विजेताहरुलाई पनि पुरस्कार वितरण गरेको थियो । सो कार्यक्रममा नेपालको राष्ट्रिय झण्डाको झण्डोतलन पनि गरेको थियो ।
धरान राउण्ड टेबल २६ का अध्यक्ष आशिष अग्रवालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको अतिथिहरुमा श्री पञ्चायत आधारभूत विद्यालय धरान–१६ का प्रधानाध्यापक कृष्णप्रसाद भट्टराई र पत्रकार तिर्थ कार्की रहेका छन् । कार्यक्रम सञ्चालन धरान राउण्ड टेबलका उपाध्यक्ष कृष्ण अटलले गरेका थिए ।

प्रकाशित मिति: चैत्र ९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend