धरानः धरान मेघा कलेजका खेलाडी कविन मगरको उत्कृष्ट प्रदशनले काठमाण्डौमा आयोजना भइरहेको २३ वर्ष मुनिका यु २३ रोयल बास्केटबल प्रतियोगितामा मेघा कलेजले विजयी सुरुवात गरेको छ ।
सोमबार भएको पहिलो खेलमा टिमलाई जिताउन कविनले व्यक्तिगत १४ अंक जोडेका थिए । धरान मेघा कलेज र काठमाण्डौका झिलिमिली बास्केटबल क्लबबीच भएको प्रतिस्पर्धात्मक खेलमा मेघा कलेजले ५६–४५ अंकको अन्तरले झिलिमिलीलाई पराजित गरेको छ । खेलमा मेघा कलेज र भिलिमिलिले प्रत्येक क्वाटरमा १०–१०, १९–९, १५–१४, र १२–१२ अंक जोडेका थियो ।
चैत ८ गतेदेखि रोयल एकेडेमीको आयोजनामा २३ वर्षमुनिका रोयल बास्केटबल च्याम्पियनसीप आयोजना भइरहेको छ । धरान उपमहानगरपालिकाको प्रतिनिधित्व गर्दै धरान मेघा कलेज बास्केटबल टिमले प्रतियोगितामा सहभागी जनाइरहेको छ । दोस्रो खेल मेघा कलेजले मंगलबार टाइम्स इन्टरनेशनल कलेज संग प्रतिस्पर्धा गर्नेछ ।
धरान मेघा कलेज टिममा कविन मगर, सन्तोष तामाङ, सरोज राई, साहिल तामाङ, सुजन राई, सुसन श्रेष्ठ, जोमन राई, दिवश राई, मौसम राई, रोहन श्रेष्ठ, मानबहादुर दर्जी, निसाम तामाङ र प्रशिक्षकमा हेमन्त राई र युगल लिम्बू छन् ।