धरानः अब निजी विद्यालयले आयको ०.५ प्रतिशत रकम जम्मा गरी छुट्टै जगेडा कोष बनाउनुपर्ने भएको छ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन एन प्याब्सनको चैत्र ४ र ५ गते कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न केन्द्रीय समितिको १२ बैठकले यस्तो निर्णय ल्याएको हो ।
एनप्याब्सनसँग आवद्ध विद्यालयहरुले आकस्मिक र भैपरी आउने असहज अवस्थाको व्यवस्थापन गर्न कुल आयको कम्तिमा ०.५ प्रतिशत रकम जम्मा गरी छुट्टै जगेडा कोष बनाउनुपर्ने भएको हो ।
कोरोनाका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गरी विद्यालयहरुले शिक्षण सिकाइका गतिविधिलाई विभिन्न माध्यमबाट अझ प्रभावकारी ढङ्गले व्यवस्थापन र सञ्चालन गर्न आवश्यक ठानेमा यस्ता गतिविधिमा संगठनले सहयोग पुरयाउने निर्णय पनि गरिएको छ ।
यस्तै, एनप्याब्सनको सातौं महाधिवेशन २०७८ कार्तिक ११-१३ गते सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।