Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विद्यालयमा मास्क, सेनिटाइजर अनिवार्य गर्न निर्देशन

हाम्रो कोशी आवाज
चैत्र १२ २०७७, बिहिबार
विद्यालयमा मास्क, सेनिटाइजर अनिवार्य गर्न निर्देशन

धरानः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्न थालेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।
कोरोनाको महामारी पुनः बढ्न थालेसँगै विद्यालय बन्द गरिने चर्चा चलिरहेका बेला बिहीबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसहित मन्त्रालयमा बसेको बैठकले जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर विद्यालय सञचालन गर्न निर्देशन दिएको हो ।
बैठकमा कोरोना संक्रमणबाट हुने जोखिमबारे शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलापमा पर्न सक्ने प्रतिकूल असरका विषयमा समीक्षा गरिएको मन्त्रालयले जनाएको छ ।
बैठकले सबै सरोकारवालाहरूले सजग र सचेत रही सावधानीपूर्वक परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका क्रियाकलापहरू सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
‘सबै प्रकारका शिक्षण संस्थाहरुले स्वास्थ्य तजा जनसंख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डको पूर्ण रूपमा पालन गर्न, शिक्षण संस्थामा मास्क तथा स्यानिटाइजरको प्रयोग, साबुन–पानीले हात धुने, ज्वरो नाप्ने र कसैमा संक्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन अनुरोध गरिन्छ’, मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वार जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा शिक्षण संस्थामा मास्क तथा स्यानिटाइजरको प्रयोग, साबुन पानीले हात धुने, ज्वारो नाप्ने र व्यक्तिमा संक्रमणको लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुका साथै सभा, समारोह र वार्षिक उत्सवजस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरु तत्कालका लागि नगर्न र नगराउन समेत अनुरोध गरिएको छ ।
सूचनामा सबै प्रकारका शिक्षण संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको जनस्वास्थ्य र सुरक्षा सम्बन्धी मापदण्ड र विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ को पूर्ण अनुसरण गर्न पनि आग्रह गरिएको छ ।

प्रकाशित मिति: चैत्र १२ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend