Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विजयपुरका साहिलको प्रतिभा (भिडिओ)

हाम्रो कोशी आवाज
चैत्र १४ २०७७, शनिबार
विजयपुरका साहिलको प्रतिभा (भिडिओ)

धरानः धरानका सालिन श्रेष्ठको सानैदेखि गीत गाउने रुचि थियो । सानो छँदादेखि गीत गाउन थालेका उनी अहिले गीत नै गाउन मन पराउँछन् । उनी धरानस्थित विजयपुर कलेजमा अध्ययनरत् छन् । कक्षा–११ मा अध्ययनरत उनी म्यानेजमेण्ट सङ्कायमा अध्ययनरत् छन् ।
स्कुल र कलेज ‘लेवल’ मा हुने साङ्गीतिक कार्यक्रममा भाग लिँदै आएका उनले पुरस्कार समेत जितिसकेको बताउँछन् । ‘स्कुल कलेजमा हुने साङ्गीतिक कार्यक्रममा गीत गाएरै केही पुरस्कार समेत जितिसकेको छु’, उनले हाम्रो कोशी आवाजसँग भने ।
विशेषतः बुबाआमा र स्कुल–कलेजका साथीहरुले आफूलाई गीत गाउन हौस्याउँदै आएको र त्यही अनुसार मिहिनेत गर्दै जाँदा आफूमा रहेको प्रतिभा थप मजबुत बनेको उनले बताउँछन् । उनले गिटार पनि बजाउन सिक्दै आएका छन् । भविष्यमा सफल गायक बन्ने लक्ष्य लिएका छन् । भन्छन्, ‘भविष्यमा पढाइसँगै गायनमा पनि करिअर अगाडि बढाउने लक्ष्य छ ।’

प्रकाशित मिति: चैत्र १४ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend