Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मिस एण्ड मिस्टर सगरमाथा

हाम्रो कोशी आवाज
चैत्र १४ २०७७, शनिबार
धरानमा मिस एण्ड मिस्टर सगरमाथा

धरानः धरान-३ स्थित सगरमाथा एसडी कलेजले आयोजना गरेको मिस एण्ड मिस्टर सगरमाथा प्रतियोगितामा अमिसा सुनुवार र खेम राई क्रमशः मिस र मिस सगरमाथा घोषित भएका छन् ।
धरान–१९ स्थित ब्रिटिस कम्युनिटी हलमा भएको प्रतियोगितामा पुष्पा राई मिस सगरमाथाको फष्ट रनर अप र मिस टयालेन्ट घोषित भइन् । त्यस्तै, सपना तामाङ र करुणा विश्वकर्मा क्रमशः मिस डिस्सिप्लिन र मिस एक्टिभ घोषित भए।
प्रतियोगीताको निर्णायकहरुमा सञ्चारकर्मी तिर्थ कार्की, सञ्चारकर्मी एवम् होटल डोभका सञ्चालक विशाल रसिक राई, मोडल एवम् कोरियोग्राफर मेरिना तुम्सा र नृत्य प्रशिक्षक विक्रम शंकर रहेका थिए । विद्यार्थीहरुमा रहेकी अन्तरनिहीत प्रतिभालाई उजागर गर्ने उद्देस्यले प्रतियोगिताको आयोजना गरेक्ज कलेजका प्रिन्सिपल सन्तोष राईले बताए ।
यसैबीच कलेजमा अध्ययनरत कक्षा–११ विद्यार्थीहरुलाई स्वागत गरिएको थियो भने कक्षा–१२ का विद्यार्थीहरुलाई विदाइ गरिएको थियो ।
समाजसेवी सर्वजीत राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलेजका कोअर्डिनेटर विशाल राई, नोबेल एकेडेमिका प्रिन्सिपल रविन न्यौपाने, प्यारिटी एजुकेशनका सञ्चालक प्रमोद कटवाललगायतको उपस्थिती रहेको थियो। कलेजका भाइस प्रिन्सिपल देवराज रेग्मीले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन विद्यार्थीहरु रजनी तुम्सा र राहुल विश्वकर्माले गरेका थिए ।

प्रकाशित मिति: चैत्र १४ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend