Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

म किन कम्युनिस्ट हुँ ?

हाम्रो कोशी आवाज
चैत्र २० २०७७, शुक्रबार
म किन कम्युनिस्ट हुँ ?

म कम्युनिस्ट हुँ
किनभने म साम्यवादभन्दा उत्तम संसारमा अर्को अब्बल अर्थव्यवस्था देख्दिनँ ।
म कम्युनिस्ट हुँ
किनभने मानिसका दुःख देखेर म आफै पनि दुःखी हुन्छु ।
म कम्युनिस्ट हुँ
किनभने न्यायपूर्ण समाजको आदर्शमा म दरिलो विश्वास गर्छु ।
म कम्युनिस्ट हुँ
किनभने सबैलाई जे चाहिन्छ–पाउनुपर्छ, जे सक्छ–दिनुपर्छ ।
म कम्युनिस्ट हुँ
किनभने म ऐक्यबद्धतामा नै मानवीय खुसी हुनेमा म दरिलो आस्था राख्छु ।
म कम्युनिस्ट हुँ
किनभने म सबै मानिसलाई आवास, स्वास्थ्य, शिक्षा, चित्तबुझ्दो रोजगार र आरामको हक हुनुपर्नेमा विश्वास गर्छु ।
म कम्युनिस्ट हुँ
किनभने म कुनै ईश्वरमाथि विश्वास गर्दिनँ ।
म कम्युनिस्ट हुँ
किनभने अझसम्म त्योभन्दा उत्तम अर्को विचार कसैले पहिल्याउन सकेको छैन ।
म कम्युनिस्ट हुँ
किनभने म मानिसमा विश्वास गर्छु ।
म कम्युनिस्ट हुँ
किनभने एक दिन सिङ्को मानव जाति कम्युनिस्ट हुने आशा गर्छु ।
म कम्युनिस्ट हुँ
किनभने संसारका सर्वोत्कृष्ट मानिसहरू कम्युनिस्ट थिए र छन् ।
म कम्युनिस्ट हुँ
किनभने म पाखण्डलाई घृणा गर्छु र सत्यलाई प्रेम गर्छु ।
म कम्युनिस्ट हुँ
किनभने म आफू र अरूबीच कुनै अन्तर देख्दिनँ ।
म कम्युनिस्ट हुँ
किनभने म स्वतन्त्र बजारको विरोध गर्छु ।
म कम्युनिस्ट हुँ
किनभने म आफ्नो सम्पूर्ण जीवन मानव जातिको भलाइको लागि लड्न चाहन्छु ।
म कम्युनिस्ट हुँ
किनभने एकताबद्ध जनतालाई कसैले जित्न सक्दैन ।
म कम्युनिस्ट हुँ
किनभने तिमी गल्ती गर्नसक्छौ तर एक जना पुँजीपति हुने हदसम्मको गल्ती गर्न सक्दैनौ ।
म कम्युनिस्ट हुँ
किनभने म जीवनलाई पे्रम गर्छु र जीवनको पक्षमा लड्छु ।
म कम्युनिस्ट हुँ
किनभने निकै थोरै मानिसहरूमात्र कम्युनिस्ट छन् ।
म कम्युनिस्ट हुँ
किनभने आफूलाई कम्युनिस्ट भन्ने नक्कली कम्युनिस्टहरू पनि छन् ।
म कम्युनिस्ट हुँ
किनभने साम्यवाद नभएकोले नै मानिसमाथि मानिसको शोषण कायम भएको हो ।
म कम्युनिस्ट हुँ
किनभने मेरो दिमाग र मेरो मन कम्युनिस्ट हुन् ।
म कम्युनिस्ट हुँ
किनभने म हरेक दिन आत्मालोचना गर्छु ।
म कम्युनिस्ट हुँ
किनभने जनताबीच सहकार्य नै उनीहरूबीच शान्तिको एउटैमात्र बाटो हो ।
म कम्युनिस्ट हुँ
किनभने मानव जातिको यति धेरै दुःखको लागि गैरकम्युनिस्टहरू दोषी छन् ।
म कम्युनिस्ट हुँ
किनभने म व्यक्तिगत शक्ति होइन, जनताको शक्ति चाहन्छु ।
म कम्युनिस्ट हुँ
किनभने अहिलेसम्म मलाई कसैले म कम्युनिस्ट होइन भनी चित्त बुझाउन सकेको छैन ।
नजिम हिक्मत टर्कीका कवि, नाटककार, पटकथाकार, निर्देशक र संस्मरण लेखक हुन् । कम्युनिस्ट भएकैले उनले पटक-पटक जेल र प्रवास जीवन भोगे । उनी सुरु सुरुमा छन्दमा कविता लेख्थे । तर, पछि गएर उनले पद्य कवितामा ख्याति प्राप्त गरे । उनले लामो समय टर्कीको प्रतिक्रियावादी सरकारको विरोधमा सङ्घर्ष गरे । उनका विभिन्न कृति ५० भन्दा बढी भाषामा प्रकाशित छन् ।
नेपाली अनुवाद :विनय

प्रकाशित मिति: चैत्र २० २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • १२ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend