Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘स्कुल बन्द नै गरिहाल्नुहोस् भनेका छैनौं’

हाम्रो कोशी आवाज
चैत्र २७ २०७७, शुक्रबार
‘स्कुल बन्द नै गरिहाल्नुहोस् भनेका छैनौं’

धरान: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले विद्यालय बन्द गर्न मन्त्रालयले कुनै सिफारिस नगरेको बताएका छन्।
प्रवक्ता गौतमले युवा तथा बालबालिकामा कोरोना भाइरसको संक्रमण देखिएपछि विद्यालयय, फिल्म हल, पार्टी प्यालेस लगायतका भिडभाड हुने क्षेत्र बन्द गर्न मन्त्रालयले सिफारिस गरेको समाचार सत्य नभएको बताए।
‘विद्यालय बन्द गर्न भनेर हामीले सिफारिस गरेका छैनौँ’, प्रवक्ता गौतमले भने, ‘भिड कम गरौँ भनेका हौँ।’
उनले स्वास्थ्य प्रोटोकल अनुसार २५ जनाभन्दा बढी भए भिडभाड मानिने भन्दै २५ भन्दा बढी विद्यार्थी हुने कक्षामा दुई सिफ्ट गरेर पढाउनु पर्ने बताए। उनले २५ जनाभन्दा बढी भीडभाड नगर्ने मात्रै भनेको र आधा विद्यार्थी राखेर पढाउने भनेका हौं ।

प्रकाशित मिति: चैत्र २७ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend