Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एक्लै हिँड्नुको मज्जा !

हाम्रो कोशी आवाज
चैत्र २८ २०७७, शनिबार
एक्लै हिँड्नुको मज्जा !

आजको समयमा प्रायः मानिस चिन्तामा डुबिरहेका हुन्छन् । कति मान्छेहरु भन्ने गर्छन्, मलाई त केही चिन्ता छैन । तर, उसको पनि कुनै न कुनै कुराले मनमा चिन्ता भइरहेको हुन्छ । चिन्ताले भित्र–भित्र सताइरहेको हुन्छ । र, कुनै मान्छेहरु भन्ने गर्छन्, मलाई धेरै चिन्ता छ । मलाई चिन्ताले न त भोक नै हुन्छ , न त मलाई रातमा निन्द्रा नै । मनमा एक प्रकारको डरले डेरा गरेर बसेको हुन्छ । जति कोसिस गरे पनि चिन्ताले छोड्दैन ।
यस्तो होस, यस्तो नहोस्, यो भइदिए हुन्थ्यो, यो नभइदिए हुन्थ्यो । कुनै चिजमा ‘कन्ट्रोल’ गर्न खोज्नु, कुनै मान्छेलाई ‘कन्ट्रोल’ गर्न खोज्नु चिन्ताको अर्थ हुन्छ । हामीले परिस्थितिलाई ‘कन्ट्रोल’ गर्न चाहान्छौ, कसैले हामीलाई केही नराम्रो भन्यो भने उसले मलाई किन भन्यो ?, मैले त केही नराम्रो गरेको थिएन तरपनि किन यस्तो भन्यो, किन नराम्रो शब्द बोलेर मेरो मन दुखायो ? किन पीडा दियो ? भनेर त्यही कुरालाई बढी सोंच्ने गर्छौ । त्यो बारेमा धेरै सोच्ने गर्छौ ।
सबैभन्दा पहिले आफूले आफूलाई बदल्न सिक्नु पर्छ । भन्ने ले त के भन्छ, भन्छ । त्यही कुरा सोचेर त्यसको मतलब गरेर बसिराख्यौं भने झन चिन्ता हुन्छ । झन पीडा हुन्छ । जसले जे भन्छ भनोस्, जे गर्छ गरोस्, कुनै मतलब गर्नु हुँदैन, हामीले आफूले आफूलाई बदल्न सकियो भने, हामीले आफूले आफूलाई बदल्न सुरु ग¥यो भने त्यही दिनबाट बाहिरी दुनियाँ पनि आफै बदलिन्छ ।
कोही मान्छेको जिन्दगीमा कुनै दुःख आउँछ , समस्या आउँछ, ती मान्छेहरु धेरै तनावमा हुन्छन् । धेरै टुक्रन्छन् । धेरै दुःखी हुन्छन् र धेरै चिन्तित पनि हुन्छन् । तिनिहरुले सोच्छन् अब केही पनि बाँकी छैन । सबै सकियो, खत्तम भयो भनेर धेरै चिन्ता गर्नाले कुनै समस्याको समाधान हुँदैन । तर चिन्ता गर्नाले हाम्रो आज चै अवश्य खराब हुन्छ । हामीले चिन्ता गरेर के पाउँछौं ?
चिन्ता गर्नाले हामीलाई भोलिको खुसी मिल्दैन । तर, चिन्ता गर्नाले हामीलाई भोलीको खुशी अवश्य गुमाइरहेका हुन्छौं । एउटा मात्रै सोचिरहेर दिमागमा एउटा मात्रै कुरा राखेका हुन्छौं । एउटै कुरा मात्र दिमागमा राखिरहँदा विस्तारै हाम्रो सोचिरहने बानी बस्दै जान्छ । त्यो नै हाम्रो स्वभाव बन्न पुग्छ । हामी सानो–सानो कुरामा पनि चिन्तामा डुब्न थाल्छौं ।
सानो–सानो कुराले हामीलाई सताइरहन्छ । सानो भन्दा सानो कुराले पनि हामीलाई पीडा हुन्छ । र हामीलाई हरेक कुरामा पनि तनाव हुन थाल्छ । जब हाम्रो यस्तो बानीको विकास हुन्छ , बानी लाग्छ, चिन्ताले हाम्रो मनमा डरत्रास, मात्र उत्पन्न गराउँछ । बेचैन बनाउँछ, हाम्रो मनमा छटपटी ल्याउँछ र, हामीभित्र त्यो चिन्ताले दुःख ल्याउँछ । चिन्ता गर्नाले हामीलाई कहिले पनि खुसी मिल्दैन ।
हो, चिन्ता हुँदा धेरै नै गाह्रो हुन्छ । मलाई पनि हुन्थ्यो सानो–सानो कुरामा पनि कसैले केही नराम्रो भन्यो भने एकदमै मन दुख्थ्यो, मैले त केही भनेको थिइन, गल्ती गरेकी थिइनँ । तर, पनि मलाई किन यस्तो गरयो, किन यस्तो भन्यो भनेर धेरै नै सोच्ने गर्थे । आजभोली लाग्छ जस्ले जे भने पनि केही फरक पाएनौं । जसले भन्छ भनोस्, जसले जे गर्छ गरोस्, कुनै मतलब गर्नु हुँदैन । आफू सही हुनुपर्छ बोल्नेले त जे पनि बोल्न सक्छ । जे पनि भन्न सक्छ, तर आफुलाई कुनै पनि कुराको फरक पर्न हुँदैन । आफूले सही बाटो रोेज्नुपर्छ ।
सबैका लागि त कहाँ राम्रो बन्न सकिन्छ र फेरि हामी राम्रो गर्न खोजेपनि कुन अवार्ड पाएका हुन्छौं र कुनै न कुनै कुराले त मान्छेहरु नराम्रो भनी नै हाल्छन् । अरुले के बोल्यो ?, के भन्यो भनेर त्यही कुरा सम्झिएर आफ्नो दिमागलाई खलबलिन दिनु हुँदैन । बोल्ने ले त बोल्यो त्यो उसको कुरा हो । तर दिमाग त हाम्रो आफ्नै हुन्छ नि । त्यो मान्छे आएर बसेको त हँुदैन । ती कुराहरुले आफै उसले बोलेको शब्दहरुलाई, उसले बोलेका नराम्रा कुराहरुलाई आफ्नो दिमागमा राखेर सोचेर बस्ने गर्छौ ।
त्यसैले हामीले आफ्नो दिमागलाई ‘कन्ट्रोल’ गरेर आफ्नै बसमा राख्नुपर्छ । हामीले नकारात्मक सोंच भएका मान्छेहरुसँग संगत गरयो, भने हामी पनि विस्तारै नकारात्मक बन्दै जान्छौं । हाम्रा राम्रा कुराहरु पनि नराम्रो सोच्ने नकारात्मक किसिमले हेर्ने मान्छे धेरै हुन्छन् । त्यस्ता मानिसको संगतले धेरै नै गाह्रो छ कि, को आफ्नो, को पराई, कुन साँचो र कुन असल हो र कुन खराव मतलवी मान्छे हो भनेर हामीलाई छुट्याउन गाह्रो हुन्छ ।
जिन्दगीमा एक्लै रमाउन सिक्नुपर्दो रहेछ । सही बाटो, एक्लै हिँड्नुको मज्जा नै बेग्लै हुन्छ । कुनैपनि दुःख कुनै पनि चिन्ता ठूलो हँुदैन । जति हामीले सोचेर त्यसलाई ठूलो बनाइरहेका हुन्छौं । चिन्ता गर्नुभन्दा हामीले जिन्दगी जीउन सिक्न जरुरी छ । आफूले आफूलाई बदल्न सिक्नुपर्छ । आफूले आफूलाई राम्रो मान्छे बनाउन सिक्नुपर्छ । चिन्ता गर्नाले केही बदलिँदैन । त्यसैले यही हामी बदलियौं भने जिन्दगी सुन्दर र रमणीय बन्छ । चिन्ताको पछाडि दौडिएर बस्यौं भने हाम्रो जिन्दगी रोगी बनिदिन्छ । त्यसैले तपाई आफूलाई बदल्नुहोसर । आजैबाट बदल्नुस् र अहिलेबाट नै बदल्नुहोस् । यदि तपाई बदलिनुभयो भने बाहिरी दुनियाँ आफै बदलिन्छ ।

प्रकाशित मिति: चैत्र २८ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend