Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपाल घरेलु मैदानमा ‘टी(२० उपाधि’ जित्ने दाउमा

हाम्रो कोशी आवाज
बैशाख ११ २०७८, शनिबार
नेपाल घरेलु मैदानमा ‘टी(२० उपाधि’ जित्ने दाउमा

धरानःत्रिकोणात्मक टी–२० सिरिज क्रिकेट सिरिजको फाइनल खेल केही बेरमा नेपाल र नेदरल्याण्ड्सबीच शुरु हुँदै छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेलमा नेपाल सिरिज हातपार्ने दाउमा हुनेछ। नेपालले जारी सिरिजमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्दै आएको छ। फाइनलमा पुग्दासम्म नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै चार खेलमा तीनमा जीत तथा एकमा हार बेहोर्दै फाइनलमा पुगेको हो ।
नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा मलेसियालाई नौ विकेटले पराजित गरेको हो भने नेपाल तस्रो खेलमा नेदरल्याण्डस्सित तीन विकेटले पराजित भएको थियो। चौथो खेलमा भने नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको थियो ।
यस्तै, नेदरल्यान्ड्सले दुई खेलमा जीत निकाल्यो भने एक खेल बराबरी खेलेको थियो। एउटा खेलमा नेदरल्यान्ड्स पराजित भएको थियो। पहिलो खेलमा नेदरल्याण्डस्लाई पराजित गरेकाले नेपाली टोलीको मनोबल उच्च रहेको नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल बताउँछन्। घरेलु खेल मैदान भएका कारण पनि नेपाल नेदरल्याण्डस्माथि हाबी हुने उनको विश्वास छ ।

नेपालको हालसम्म ब्याटिङ राम्रै रहेको र आजको खेलमा पनि त्यसैलाई निरन्तरता दिनसके जीतन कठिन नहुने कप्तान मल्ल बताउँछन्। खासगरी प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेल जारी सिरिजको लयमा हुनुहुन्छ । उहाँले लगातार तीन अर्द्धशतक प्रहार गरेका छन् ।
नेदरल्याण्ड्ससितको पहिलो खेलमा भुर्तेलले ६१, मलेसियासितको खेलमा ६१ तथा नेदरल्याण्डस्सितको दोस्रो खेलमा ६२ रन बनाएका थिए ।
ब्याटिङमा नेपालका लागि आसिफ शेख, कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र करण केसी भरपर्दा खेलाडी हुन्। नेपालको बलिङ लइन पनि बलियो नै छ। खासगरी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरिरहेका छन्। उनले चार खेलमा ११ विकेट लिएका छन्।
यस्तै नेपालका लागि करण केसी, सोमपाल कामी र कमलसिंह ऐरी पनि भरपर्दा बलर हुन्। यी बाहेक अन्य खेलाडीको प्रदर्शन पनि राम्रै रहेको कप्तान मल्लको भनाइ छ ।
त्रिवि मैदानमा नेपालले पहिला ब्याटिङ गर्ने मौका पाए २०० रनको स्कोर पार गर्ने लक्ष्य हुनेछ। पहिला फिल्डिङ गरेको खण्डमा नेदरल्याण्डस्को पारीलाई १५० देखि १७० रनको स्कोरसम्म नै सिमित गर्ने योजना नेपाली टोलीले बनाएको छ। समग्रमा नेपाली टोली पहिलो पटक घरेलु मैदानमा टि–२० सिरिज जीतने लक्ष्यका साथ मैदानमा प्रवेश गर्नेछ ।
नेपालले पहिलो पटक युनाइटेड अरब इमिरेट् ९युएइ०लाई सन् २०१९ मा उसकै भूमिमा टि–२० सिरिज २–१ ले जीतेको थियो । फाइनल खेल दिउँसो सवा एक बजे शुरु हुने नेपाल क्रिकेट सङ्घ ९क्यान०ले जनाएको छ। नेपाल समूह विजेता तथा नेदरल्याण्डस् उपविजेताका रुपमा सिरिजको फाइनलमा प्रवेश गरेको हो ।

प्रकाशित मिति: बैशाख ११ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend