Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सबै परीक्षा स्थगित गर्न सिफारिस गर्ने निर्णय

हाम्रो कोशी आवाज
बैशाख १२ २०७८, आइतबार
सबै परीक्षा स्थगित गर्न सिफारिस गर्ने निर्णय

धरानः कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सबै तहका सबै किसिमका परीक्षाहरू स्थगित गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
सीसीएमसीको आइतबार बसेको बैठकले सबै तहका सबै किसिमका परीक्षाहरू सोमबारदेखि नै स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी संघीय मामिला मन्त्री गणेश ठगुन्नाले रुसबै किसिमका परीक्षाहरू स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए ।
सोमबारदेखिका सबै परीक्षा स्थगित गर्ने सीसीएमसीले निर्णय गरे पनि जेठमा हुने एसइई परीक्षाका सम्बन्धमा भने कुनै निर्णय भएको छैन । यसअघि बसेको मन्त्रिपरिषद बैठकले विद्यालय र कलेजको पठनपाठन भौतिकरुपमा गर्न नपाइने भने पनि परीक्षाचाहिँ नरोकिने बताएको थियो । त्यसैगरी मेडिकल कलेजको पढाइ पनि नरोकिने क्याबिनेटको आदेशमा उल्लेख थियो ।
तर, आइतबार बसेको सीसीएमसीको बैठकले सोमबारदेखि हुने सबै परीक्षाहरु स्थगित गर्न सिफारिस गरेको हो ।

त्यसैगरी नेपालसँग जोडिएका अन्तर्राष्ट्रिय सीमानाका तत्काल बन्द गर्ने सरकारको तयारी छ । यसबारेमा सीसीएमसीले तयारी गरिरहेको उनले जानकारी दिए । यसअघि नै सीमा नाकामा हेल्थ डेस्क राख्ने भने पनि त्यो प्रभावकारी हुन सकेको छैन । स्रोतका अनुसार सहरी क्षेत्रमा ५०० संक्रमित र पहाडि क्षेत्रमा २०० संक्रमित पुष्टि भएमा लकडाउन गर्ने अधिकार स्थानीय प्रशासनलाई दिनसमेत सीसीएमसीले सिफारिस गरेको हो।

प्रकाशित मिति: बैशाख १२ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend