धरानः सप्तरीमा सरकारको निर्णय उलंघन गरी विद्यालय सञ्चालन गर्ने ११ जना संचालकलाइ सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पछिल्लो समयमा कोरोना संक्रमण निकै बढेकोले राजबिराजमा वैशाखको अन्तिमसम्म विद्यालय बन्द गर्ने निर्णय नमान्दा संचालकहरु पक्राउ परेका हुन्। सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलका अनुसार निर्देशनलाई नमानेको खण्डमा नियन्त्रणमा लिनु पर्ने अवस्था आएको बताएका छन्। पटक(पटक सम्झाउदा समेत नमानेपछि नियन्त्रणमा लिएका हौ,प्रहरीले भने ।
नियन्त्रणमा परेकाहरु हाल जिल्ला प्रहरी कार्यालयमा रहेका छन। उनीहरुलाई के(कस्तो कारबाही गर्ने भन्नेबारे आजै बैठक बसेर निर्णय गर्ने जिल्ला प्रमुख अधिकारी पोखरेलले जानकारी दिए ।