Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बहुजातीय लोकतान्त्रिकको पक्षमा

हाम्रो कोशी आवाज
बैशाख २० २०७८, सोमबार
बहुजातीय लोकतान्त्रिकको पक्षमा

धरानः लिम्बुवान समूहका ५३ जना सदस्य राष्ट्रिय जनमुक्ति पार्टीमा समायोजन भएको छ ।
सोमबार धरानको होटल पूर्वीमा पत्रकार सम्मेलन गरी समायोजनपत्रमा हस्ताक्षर गरेको थियो । कार्यक्रममा लिम्बुवान समूहको नेतृत्व संघीय लिम्बूवान पार्टीका केन्द्रीय सचिव गजेन्द्र आङबुहाङ र राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले हस्ताक्षर गरेको समायोजनपत्र एक अर्कामा हस्तान्तरण गरेका थिए ।
जनमुक्ति पार्टीको जनमुक्ति विचारधारा र बहुजातीय लोकतान्त्रिक समाजवादको अवधारणामा आफूहरुको नीति पनि मिल्न गएकोले एउटा ठूलो शक्ति निर्माण गर्न आफूहरु समाजोजन गर्न मञ्जुर भएको संघीय लिम्बुवान पार्टी केन्द्रीय समितिका सचिव गजेन्द्र आङ्बुहाङले बताए ।
हाल नेपालमा बहुजातीय लोकतान्त्रिक समाजवादको पक्षमा लडिरहेको एक मात्र सशक्त पार्टी राष्ट्रिय जनमुक्ति पार्टी भएको पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले ठोकुवा गरेका थिए ।
बहुजातीय लोकतन्त्रको पक्षमा सङ्र्घषरत सम्पूर्ण शक्ति एक भएर राष्ट्रिय जनमुक्ति पार्टी अघि बढ्ने समेत पालुङ्वाले प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सचिव विष्णु थाम्देनका अनुसार लिम्बूवान समूहका सदस्यहरु राष्ट्रिय जनमुक्तिमा समायोजन हुनेहरुमा ताप्लेजुङ, झापा, इलाम, तेह्रथुम, मोरङ र सुनसरी गरी ५३ जनाको नामावलीसमेत उल्लेख गरेका थिए ।
तस्वीरः मोहन श्रेष्ठ

प्रकाशित मिति: बैशाख २० २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend