धरानः इजरायलले केयर गिभर, कृषि, होटल, निर्माणलगायतका क्षेत्रमा नेपाली लैजाने भएको छ । नेपालीहरूको आकर्षक गन्तव्य बनेको इजरायलमा रोजगारीमा पठाउने निर्देशिका नै जारी भएको छ ।
सरकारले नेपाली युवाहरुको आकर्षक गन्तव्य बन्दै गएको इजरायलमा अस्थायी रोजगारीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । सम्झौताअनुसार केयर गिभर, कृषि, होटल र रेष्टुराँ, निर्माणलगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउने जनाएको थियो । यद्यपि, प्रत्येक क्षेत्रका लागि ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया शुरु हुने जनाएको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘इजरायल नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिक २०७८’ जारी गरेको हो । सरकारले इजरायल रोजगारीको कार्यविधि तथा निर्देशिका तयार भएपछि मात्रै भर्ना प्रक्रिया शुरु हुने जनाएको थियो । अहिले सरकारले निर्देशिका जारी गरेसँगै इजरायल जान इच्छुक कामदारको लागि बाटो खुलेको छ ।
इजरायलस्थित नेपाली राजदूतावासमा इजरायल सरकारबाट रोजगारीको माग प्राप्त भएपछि राजदूतावासले नेपाल सरकारले स्वीकृत गरेको ‘वैदेशिक सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५’ बमोजिम प्रमाणिकरण गरी रोजगारीको माग वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गराउनु पर्नेछ ।
प्रणालीमार्फत रोजगारीको माग प्राप्त भएपछि १४ दिनभित्र विभागले पीआईबीएसँग समन्वय गरी कार्यान्वयन सम्झौतमा आवश्यक विवरण खुलाउनुपर्नेछ । सो विवरण खुलाएपछि कम्तीमा २१ दिनको म्याद दिई विभागको वेबसाइट र राष्ट्रिय स्तरको पत्रिकामा सार्वजनिक सूचना प्रकाशन गर्नेछन् ।
जसमा इजरायलमा माग भएको रोजगारीको पद र संख्या, कार्य विवरण तथा सेवा सुविधाको शर्त, आवश्यक योग्यता, दरखास्त दिने प्रक्रिया, छनौट प्रक्रियाकाृ समान्य जानकारी र पीआईबीए र विभागले निर्धारण गरको अन्य आवश्यक विवरण सुचनामा उल्लेख गर्ने जनाएको छ ।

सरकारले जारी गरेको निर्देशिका अनुसार इच्छुक कामदारको विभिन्न योग्यता तोकेको छ । जसमा २५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको नेपाली नागरिक, कम्तीमा १.५ मिटर उचाइ तथा ४५ केजी तौल भएको र कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ । साथै अंग्रेजी भाषाको ज्ञान भएको, शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहेको र असल चरित्र भएको हुनुपर्नेछ ।
बाबु, आमाज, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास गरेको वा कार्यरत गरेको र लागूपदार्थ वा मादक पदार्थ दुव्र्यसनमा लागेको भएका इजरायल जानको लागि अयोग्य हुनेछ । सरकारले दरखास्त संकलनका लागि (१) दफा ३ को उपदफा (२) बमोजिक प्रकाशित सूचना बमोजिम इच्छुक योग्यता पुगेको उम्मेदवारले विभागले तोकेको अनलाइन प्रणालीमार्फत दखास्त दिन सक्नेछन् ।
जसमा (२) उपदफा (१) बमोजिक परेका दरखास्त तथा दरखास्त साथ प्राप्त कागजात छानबिन गरी बिभागले योग्य देखिएका उम्मेदवारको दरखास्त स्वीकृत गर्नेछ ।
साथै, (३( उपदफा (२) बमोजिक दरखास्त स्वीकृत भएको जानकारी सम्बन्धित उम्मेदावरलाई निजले दरखास्तमा उल्लेख गरेको मोबाइल नम्बरमा एसएसएसमार्फत् दिईनेछ । यसरी जानकारी दिँदा दरखास्त अस्वीकृत भएका उम्मेदवारको हकमा दरखास्त अस्वीकृत हुनुकोे कारण समेत खुलाउनुपर्नेछ ।
मन्त्रालयले निर्देशिकामा छनौट प्रक्रिया स्पष्ट खुलाएको छ । जसमा स्वीकृत भई तोकेको बमोजिको सूचीमा रहेका उम्मेदवारको उचाई, तौल र अङ्ग्रेजी भाषा परीक्षणका लागि दरखास्त पेश गर्दा अनलाइन प्रणालीमार्फत बुझाएका सक्कल कागजातसहित उपस्थित हुन विभागले सम्बन्धित उम्मेदावरलाई मिति, समय र स्थान तोकेको बमोजिमको माध्यमबाट सूचना गर्ने निर्देशिकामा उल्लेख छ ।
यस्तै, सूचना उल्लेख मिति, समय र स्थानमा उपस्थित उम्मेदवारको उचाई र तौलको परीक्षण गरी सोको विवरण सम्बन्धित उम्मेदवारको अनलाइन प्रणालीमा प्रविष्ट गर्नेछ ।
इच्छुक कामदारको उचाई र तौल परीक्षण गर्दा तोकेको बमोजिम पूरा हुने उम्मेदवारलाई अङ्ग्रेजी भाषा परीक्षणमा सहभागी गराइनेछ । र सो बमोजिमको उचाई वा तौल पूरा नहुने उम्मेदवारको नाम सूचीबाट हटाइनेछ ।
इजरायल रोजगारीको लागि रोजगार सम्झौता पठाएको व्यक्ति रोजगारबीच हुने जनाएको छ । जसमा उत्तीर्ण भई पठाएको नामावलीबाट पीआईबीएले छनौट गरी पठाएको व्यक्ति र रोजगारदाताबीच रोजगार सम्झौता हुने उल्लेख गरेको छ ।