Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

निर्वाचन भइहालेमा कसले भोट हाल्ने ?

हाम्रो कोशी आवाज
जेष्ठ १० २०७८, सोमबार
निर्वाचन भइहालेमा कसले भोट हाल्ने ?

हामी नेपालीहरुको बानी के छ भने, वास्तविक धरातलमा हामी आफू केहीनजान्ने ‘गोबर गणेश’ नै भए तापनि, ‘बाहिरी वा भनौं अतिरिक्त ज्ञान र विवेकमा लगभग शुन्य’ नै किन नहोऔं, तापनि हामी नेपालीहरु सर्वज्ञ र सर्वज्ञानी नै ठान्छौं । आफूले नजानेको कुरोलाई जानेको छैन भन्न जान्दैनौं, आफूले नबुझेको कुरोलाई बुझेको छैन भन्न जान्दैनौं । यसको मतलब हो, हामी अरु कसैको अगाडि किन नजान्ने हुने ?, किन नबुझ्ने हुने ? हाम्रो अह्मता के छ भने, हामी किन कोही, कसैको अगाडि नजान्ने हुने ? अथवा भनौं न अरुको अगाडि किन हामी नबुभ्mने हुने ?, किन लाटोबुङ्गो देखिने ? त्यसैले …, त्यसै … ।
हुन पनि हामी नेपालीहरुको गुण भनेकै अरु कसैका अगाडि देखा पर्दा जसरी पनि जान्ने, सुन्ने हुनैपर्छ । जान्ने सुन्ने मात्रै होइन, ‘अति जान्ने सुन्ने’ नै हुनुपर्छ । त्यसैले हामी नेपालीहरु आफ्नो वास्तविक विवेक, ज्ञान, चेतना, चैतन्य, बुझाइ, सिकाइआदिको दायरा र धरातलमा आपैmलाई हेर्दा ‘शून्यमय’ नै भेटिने भए तापनि, वास्तवमै आपूm केहीनजान्ने भए तापनि सर्वज्ञ, मर्मज्ञ र ज्ञानी भएको देखाउनैपर्छ’ यो हामी आम नेपालीहरुमा रहेको मुख्य समस्या नै हो । यस्तो गुण हामीले अरुबेला पनि बेलाबेलामा देखाउने गरिएको भएतापिन गत वर्ष पहिलो लहर र यस वर्ष दास्रो लहरको रुपमा पैmलिएको कोरोना (कोभिड–१९) को महामारीको क्रममा बढी नै देखाएका छौैं ।
हाम्रो देशको सरकार ‘आफ्नो नागरिकहरुका लागि अति नै दयालु मायालु छ’ त्यसैले सरकारले आप्mना प्यारा जनताहरुको ज्यान नजाओस् भन्नाका खातिर लगभग देशैभरि (२ जिल्लाबाहेक सबै जिल्लामा) निषेधाज्ञा लागू गरेको छ । तर, सरकारले यसरी देशैभरि निषेधाज्ञा लागू गर्दा आफ्ना प्यारो जनताहरुका लागि अत्यावश्यक चिजबिजहरु जस्तै खान्तेपिन्ते, अन्य सेवासुविधा, औषधोउपचार, सार्वजनिक यातायात नचलेको अवस्था, राहत प्याकेज व्यवस्थापनबिना नै निषेधाज्ञा लागू गरेको छ । हुन पनि हाम्रो देशको संविधानमा लेखेरै सबैथोक दिइएको छ भने व्यवहारमा हामी नेपालीहरुलाई के नै पो चाहियो र ?
अरु देशमा भने आफ्नो देशका नागरिकहरुलाई लकडाउन वा निषेधाज्ञाका क्रममा जीवनयापनका लागि सहज होस् भनेर अरु त अरु नै भई गए, वेश्या पेशा गरेर जीविका चलाउनेहरुलाई समेत (जापानमा) राहत स्वरुप उनीहरुको परिवार हेरेर एकहजार (१,०००) अमेरिकी डलर र बाह्रसय (१,२००) अमेरिकी डलर परिवार पाल्न र घर खर्च धान्न सहयोग होस् भनेर उपलब्ध गराएको छ । त्यस्तै, कतिपय देशले आफ्ना देशका नागरिकहरुलाई सहुलियत ऋण र निःशुल्क खाद्यान उपलब्ध गराएको छ । तर, ‘अजब नेपाल गजब काश्मीर’ को त कुरै बेग्लै त्यसैले…, त्यसै… ।
यसरी बिनाराहत प्याकेज र बिनासहुलियतको निषेधाज्ञाले गर्दा कोही पनि व्यक्ति काम गर्न जान सक्ने अवस्था नभएकोले गर्दा विस्तारै कोरोनाको महामारीले भन्दा पनि निषेधाज्ञाका कारणले गर्दा धेरै जसो सर्वसाधारण नेपालीहरुले आफ्नो जीवन धान्न ‘आच्छु–आच्छु’ हुँदैछ । म आफू त के जान्नु र तर, अति जान्ने, सुन्ने बुझ्ने, बुझकी (अजासुबुबु) हरुका भनाइअनुसार, कति निमुखा, गरीब, दुःखी र बेसहाराहरुको कुन दिनदेखि निषेधाज्ञाका कारण खान नपाएर मृत्यु हुने दिन सुरु हुनेछ । जुन कुरो कुन दिनदेखि विभिन्न सञ्चारमाध्यमहरुमा समाचार बनेर आउन थाल्ने हो ? अहिले नै किटेर भन्न सकिने अवस्था छैन । विषय विज्ञहरुका अनुसार यस पटकको निषेधाज्ञा वा लकडाउन बिनाअध्ययन हचुवाको भरमा हत्तपत्त खोली हाल्न पनि नमिल्ने भन्ने भनाइ रहेको छ । त्यसलै हाम्रो दयालु सरकारले हचुवाको भरमा आफ्ना प्रिय जनताहरुका लागि भनेर हत्तपत्त निषेधाज्ञा हटायो वा खोलिहाल्यो भने पनि हालको भन्दा तीन, चार गुणा बढीले मानवीय क्षति वा भनौं हताहती हुने पक्का छ । अनि त्यसो भएपछि (प्रिय जनताहरु कोरोना महामारीका कारण मरेपछि) हालै घोषणा भएको निर्वाचन भइहालेमा कसले भोट हाल्ने ?
जनताहरु भनेका त तिनै निमुखा, गरिब, दिनभरि काम गरेर बिहानै, बेलुकै चुलो बाल्नुपर्नेहरु नै हुन् । देशका धनीमानीहरुलाई त छु मतलब ? उनीहरु त बिहानको नास्ता ज्युनार गर्न बैकक, दिउँसोको लन्च ज्युनार गर्न पै्रmन्कफर्ट, बेलुकीको डिनर ज्युनार गर्न हङहङ र, राती सुकला (सुत्न) हुन नेपाल (काठमाण्डौ) आइपुग्छन् । अब त्यस्ताहरुले न त नेपालको राजनीतिमा मतलब गर्छन्, रुचि राख्छन् । न त भोट नै हाल्छन् । त्यस्ताहरुबाट भोटको के नै आशा गर्ने ? बरु नोटको चाहिँ यसो … ।
हुन पनि यो वर्ष कोरोना महामारीको दोस्रो लहर यो हदसम्म पैmलनुमा सबैभन्दा ठूलो भूल वा गल्ती राजनीतिक दलहरुबाट भयो । त्यसमा पनि सरकारपक्ष बढी दोषी देखिन्छ । किनभने सरकार भनेको त केवल अरुलाई देखाउने र कसैको सेखी झार्ने र बदला लिने सरकार नभएर आप्mनो देश र जनताको अविभावक पनि हो । तर, नेपालमा त कोही बेला सरकार स्वयम् पनि अराजक बन्ने गरेको देखियो । जस्तो गएको हिउँद याममा सरकार स्वयम् नै उच्छङ्खृल हुँदै र, आफ्नो दलभित्रको आन्तरिक द्वन्द्वलाई सही किसिमले निप्टारा लगाउनुको सट्टामा आफ्नै दलभित्रको प्रतिपक्ष वा भनौं समकक्षी नेताहरुलाई शक्ति देखाउने नाममा विभिन्न जिल्ला र गाउँगाउँबाट बसमा हालीहाली मान्छे जम्मा गरेर भीडभाडका साथ ठाउँठाउँमा आमसभा र सरकारको समर्थनमा रयालीहरुसहितका कार्यक्रमहरु गरयो । सरकारको विपक्षमा भएकाहरुको त झनै के कुरो गराई भो र ? उनीहरुले त झनै धेरै र ठूलो भीड जम्मा पारेर देशैभरिका ठूला सहरबजारमा जुलुस, आमसभा तथा विरोध सभाहरु गर्ने प्रयास गरयो ।
हामीले गरेको ठूलो र गर्नै नहुने गल्ती (सरकार र भारतबाट स्वदेश फर्कने मान्छेहरुले) भनेको जब भारतमा ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९) को दोस्रो लहर चल्न सुरु भयो । सो क्रम सुरु भएपछि भारतको विभिन्न राज्यमा रोजगारीमा गएका नेपालीहरु पुनः नेपाल फर्कन थाले, उनीहरुलाई सरकारले निश्चित अवधिसम्म व्यवस्थित ढंगले सीमा क्षेत्रमै होल्डमा राख्ने काम गनुर्् नसक्नु पनि एक थियो । र, नेपाल फर्कने ती हजारौं, लाखौं मान्छेहरुले पनि निश्चित अवधिसम्म व्यवस्थित ढंगले सीमा क्षेत्रमै होल्डमा बस्ने कुरोलाई अनुशासित भएर मान्नुपर्ने थियो । तर, …।
साथै अर्को महत्वपूर्ण कुरो भनेको काठमाण्डौ उपत्यकामा ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९) को दोस्रो लहर चल्दै गरेको वा चलिरहेको अवस्थामा सरकारले निषेधाज्ञा लागू गर्ने लगभग पक्का भएपछि जसरी काठमाण्डौ उपत्यका छाडेर धेरै मान्छेहरु आ–आफ्नो गृह जिल्ला वा गाउँगाउँ गए (लगभग ६ लाख मानिसहरु गए भन्ने अनुमान छ) ती मध्ये कतिले ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९) को दोस्रो लहर पनि आफूसँगसँगै गाउँगाउँ लगेर गए ? अहिलेसम्म कसैले, कुनै निकायले अध्ययन, अनुसन्धान गर्ने कुरो त परै जाओस्, रेकर्डसम्म राखेका छैनन् होला । जबकि चाहेको बुद्धि पुगेको भए यो काम सुरुमै स्थानीय निकायहरुले आ–आफ्नो क्षेत्र, गाउँ–टोलमा प्रभावकारी ढंगले राख्न सक्थ्यो । यसरी हेर्दा कहिलेसम्म भारतको केही सहरहरुको र नेपालकै पनि सुरुताका बाँके, कपिलवस्तु, चितवन, काठमाण्डौ आदि सहरबजारमा कोरोना महामारीको दोस्रो लहरले मच्चाएको दाण्डव नृत्य र दारुण अवस्थाको भिडियो क्लिप हेरेर बस्लान् ? ठोकेरै भन्न गाह्रो छ ।
हुन पनि भाइरल रोग विज्ञहरुले कोरोना संक्रमणको बारेमा धेरै कुरो बताइसकेका छन् । फेरि नयाँ रुपमा आएको कोरोना भाइरस पहिलेको भन्दा कति व्यापक र खतरनाक छ भन्ने बुझेर आफैले अनिवार्य मास्क लगाउने, निश्चित दुरी कायम गर्ने, अनावश्यक भीडभाड नगर्ने, भीडभाडमा नजाने हो भने कोरोना महामारीले हामी (मान्छे) लाई जित्न सक्दैन भन्ने त विश्वका केही देश र ती देशका जनताहरुले व्यवहारमै उतारेर देखाएका छन् ।
त्यसैले हामी नेपालीहरुले पनि अनुशासन पालना गर्ने र नैतिकता लागू गर्ने हो भने वास्तवमा ‘लकडाउन’ वा ‘निषेधाज्ञा’ लगाइरहनै पर्दैन थियो । तर,…माथि सुरुमै भने जस्तै हामी नेपालीहरुको बानी कस्तो छ भने, हामी आपूm केहीनजान्ने भए तापनि, बाहिरी ज्ञान र विवेकमा शून्य नै भएतापनि, हामी आपूmले नजानेको कुरोलाई जानेको छैन भन्न जान्दैनौं, नबुझेको कुरोलाई बुझेको छैन भन्न जान्दैनौं, मान्दैनौ अथवा भनौं न अरुको अगाडि किन नजान्ने हुने ?, किन लाटोबुङ्गो देखिने ?
वास्तवमा कोरोनाको महामारी कहिले रोकिन्छ ? विज्ञहरुले नै ठोकेर वा भनौं मिति तोकेर केही भन्न सकी रहेका छैनन् । त्यसो त गत वर्ष अर्थात् कोरोना महामारी सुरु हुँदा केही विषय विज्ञहरुले कोरोना महामारी (कोभिड–१९) को भाइरसले (कोभिड–१९) ले सन् २०२२ देखि २०२५ सम्म आप्mनो प्रभाव कायम राख्न सक्छ भनेका थिए । केही विषय विज्ञहरुले यो महामारी एचआईभी, एडस् जस्तै दीर्घकालसम्म रहन सक्छ भनेका थिए । त्यस्तै संयुक्त राष्ट्र संघअन्तर्गत रहेको ‘विश्व स्वास्थ्य संगठन (युएनडब्लुएचओ)’ का प्रमुखले पनि कोरोना ठीक हुन अभैm दुई वर्ष लाग्ने भनेका थिए । तर, अहिले आएर त प्रायः सबै विज्ञहरुले खासगरी भाइरल रोग र जनस्वस्थ्य विज्ञहरुले अब यो महामारी हामीसँगै, सधैं रहन सक्ने भन्न थालेका छन्, अनुमान गर्न थालेका छन् । त्यसैले त विश्वका मै हुँ भन्ने देशहरुले समेत कोरोना महामारीको अचूक उपचार ‘निषेधाज्ञा’ वा ‘लकडाउन’ मात्रै होइन रहेछ भन्ने बुझेर नै होला कि ?, हाल ती देशहरुले आप्mनो देशमा लागू गरेको ‘निषेधाज्ञा’ वा ‘लकडाउन’ हटाएर कोरोना भाइरसको महामारीबाट बच्ने उपायको रुपमा सबैले अनिवार्य रुपमा मास्क लगाउने, निश्चित दुरी कायम गर्ने, अनावश्यक भीडभाड नगर्ने, भीडभाडमा नजाने आदि नियम लागू गरेर काममा फर्कन थालेका छन् ।
आखिरमा ‘निषेधाज्ञा’ वा ‘लकडाउन’ नहटाए त मान्छेको मुख्य समस्या अर्थात् ‘खान्ते–पिन्ते’को दीर्घकालीन समस्या हट्ने पनि देखिँदैन । किनभने मान्छेको अरु सबै अंग भए तापनि पेट वा भुँडी नहुनु पथ्र्यो । साँच्चै मान्छेको ‘पेट’ वा ‘भुँडी’ नभएको भए कुरो अर्कै हुन्थ्यो कि ? …
नोटः थप केही जान्न चाहेमाः ९८४९९८५९९७, ९८६२४३६०४९
ninamkirat123@gmail.com

प्रकाशित मिति: जेष्ठ १० २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend