Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कहाँ कति संक्रमित छन् पत्ता लगाउनु, उपचार सरकारले गर्छः प्रधानमन्त्री

हाम्रो कोशी आवाज
जेष्ठ १२ २०७८, बुधबार
कहाँ कति संक्रमित छन् पत्ता लगाउनु, उपचार सरकारले गर्छः प्रधानमन्त्री

धरानः प्रधानमन्त्री एवम् कोभिड–१९ रोकथाम तथा नियन्त्रण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज गर्न सकिने खोपका लागि पहल गर्न सम्बन्धित मन्त्रालय र केन्द्रका प्रमुखलाई विशेष निर्देशन दिएका छन् ।
कोभिड रोकथामसम्बन्धी अध्यादेश जारीपछिको समितिको पहिलो बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ’खोप ल्याउन सकियो भने कोभिडविरुद्धको लडाइँ जितिन्छ । अन्यथा लडाइँ गरिरहनुपर्ने भयो ।’ उनले कोभिडविरुद्धको लडाइँ जित्न उपलब्ध स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाउँदै खोपको समुचित व्यवस्था गर्नेतर्फ ध्यान केन्द्रित गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले जनताको जीवन बचाउने सरकारको प्राथमिकता भएकाले उपचारमा कुनै किसिमको ढिलाइ गर्ने छुट कसैलाई नभएको समेत बताए । सरकारले हालै ल्याएको कोभिड–१९ सम्बन्धी अध्यादेश बमोजिम गठित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई आवश्यक जनशक्ति र स्रोत साधन सरकारले तत्कालै उपलब्ध गराउने समेत उनले बताए ।
प्रधानमन्त्रीले केन्द्रबाट संक्रमणको सम्पूर्ण तथ्य तथ्याङ्क हासिल गरी उपचार सेवाको अवस्था, चिकित्साकर्मी र स्वास्थ्य उपकरणको उपलब्धताबारे अध्यावधिक जानकारी लिने र कमी भएका स्थानमा आपूर्ति गर्नका लागि संयोजन हुनुपर्ने बताए ।
‘पालिका पालिकासम्म समन्वय गरी कति संक्रमित छन्, होम आइसोलेशनमा कति बसेका छन् ? कति जँचाउन आएका छन् कति आएका छैनन् तिनको अवस्था के छ भन्ने सम्मको पूर्ण जानकारी देखि हामीसँग खोप कति छ भन्ने कुराको जानकारी लिएर कुनै कुराको पनि अभाव हुन नपाओस् भन्नेतर्फ ध्यान दिनुपर्छ’ उनले भने ।
विगतमा अक्सिजनको आपूर्तिलाई सरकारले विमानबाट सिलिन्डर मगाएर समेत उच्च महत्व दिएको प्रधानमन्त्रीले उल्लेख गरे । अहिले विभिन्न मित्र राष्ट्रहरूबाट अक्सिजन सिलिन्डर मात्र नभई अक्सिजन प्लान्ट जहाजकै बाटोबाट ल्याउने, लिक्विड अक्सिजन सिलिन्डर कै व्यवस्था गर्न पनि सरकार लागिपरेको उल्लेख गरे । यसबाट अक्सिजनको आपूर्तिमा दोस्रो लहरको सुरुवाती अवस्था भन्दा अहिले उल्लेख्य सुधार आएको समेत प्रधानमन्त्रीले बताए ।

प्रकाशित मिति: जेष्ठ १२ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • गाँजाको अवैध तस्करीः चुनौतीपूर्ण बन्दै

    धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकको सूचीमा

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् । विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • अब भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्न कानुनी गाँठो फुक्यो

    धरानः भूमिहीन नागरिकको वर्षौंदेखिको समस्या समाधान गर्ने तथा विद्यमान कानुनी अवरोध हटाउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेलले भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी गरेका...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend