Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कुलुङ समुदायको ‘चालीम’ तोस

हाम्रो कोशी आवाज
जेष्ठ १४ २०७८, शुक्रबार
कुलुङ समुदायको ‘चालीम’ तोस

नेपालमा हालसम्म आफूलाई किराती भनी स्वीकार्ने जातिहरुमध्ये कुलुङ जाति पनि एक हो । केन्द्रीय तथ्यांक विभागले विसं २०६८ मा गरेको ११ औं राष्ट्रिय जनगणनाअनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय १३ रहेको छ भने, कुलुङ मातृभाषीको संख्याचाहिँ ३३ हजार १ सय ७० रहेको छ । यो छोटो साँस्कृतिक लेखमा कुलुङ जाति र कुलुङ जातिल मनाउने ‘चालीम तोस’का बारेमा छोटोमा लेख्नेछु ।
कुलुङ जातिमा चलेको लोक मान्यता र विश्वासअनुसार आदिम कालमा किरात कुलुङ जातिहरुको पूर्खा ‘धनमूख’ महाकुलुङमा बस्दथे । उनी निकै शक्तिशाली थिए । उनी पाँच पाथीको पिठोको ढिडो खान सक्थे, आपूm एक्लैले जंगल गएर कटुसको रुख उखालेर ल्याउन सक्थे । धनमूख कुन शताब्दीका पूर्खा थिए भन्नेबारे यकिन प्रमाण नभेटिए तापनि नेपाल किरात कुलुङ भाषामा संस्कृति उत्थान संघद्वारा कुलुङ भाषामा प्रकाशित ‘कुलुङ वंशावली २०५४’ मा उल्लेख भएअनुसार उनी आजभन्दा २६ पुस्ता पहिले कुलुङ जातिको थीम्रा पाछा (थर) भित्रका कुलुङ पुर्खा थिए ।
कुलुङ जातिमा रहेको विश्वासअनुसार, आफ्ना पुर्खा धनमुखको पालामा एकसाल ‘महाकुलुङ क्षेत्र’मा ठूलो खडेरी प।यो । विभिन्न देवीदेवता र सिमेभूमेको पूजाआजा गर्दा पनि पानी नपरेपछि खडेरीले गर्दा सारा वनजंगल, खोलानाला, खेती, अन्नबाली, झारपात आदि सुकेर गयो । त्यसपछि अनिकालले गर्दा मानिसहरु मर्न थाले । बाँचेका मानिसहरु पनि अब अनिकालले मरिने भयो भनी चिन्ता गर्न थाले । यस्तैमा एकदिन धनमूखले ‘गाउँभरिका शक्तिशाली साँढे (गोरु) हरु भेला पारी सबैभन्दा शक्तिशाली साँढेलाई छानेर जुरोमा टोकेर बिरालोले मुसो मारेझैं मारे ।’
धनमूखले भेला पारेका गाउँभरिका शक्तिशाली साँढेहरुमध्ये पनि शक्तिशाली साँढेलाई जुरोमा टोकेर मार्ने क्रममा सो साँढे (गोरु) पूरै गाउँ थर्किने, हल्लिने ग्वाँ … गर्दै करायो । यसरी ग्वाँ … गर्दै साँढे (गोरु) कराउने बित्तिकै आकाशमा बादल गर्जेको सुनियो । त्यसपछि गाउँभरिका मानिसहरु विशेष चासोका साथ भेला भए । तर, त्यतिञ्जेलसम्ममा साँढे (गोरु) मरिसकेको थियो ।
संयोगले भनौं वा दैवी शक्तिले, त्यसदिन गाउँमा ठूलो मूसलधारे पानी प¥यो । त्यसपछि सारा वनजंगलमा हरियाली छायो, खोलानालामा पानी भरियो, खेती, अन्नबाली सप्रियो, झारपात आदि पलाए । त्यसपछि गाउँभरिका कुलुङहरु आफूसँग भएको अन्न (मकै, कोदो, फापर, चामल, आदि) लिएर भेला भई धनमूखले साँढे (गोरु) को जुरोमा टोटेर मारेको गोरुको मासुसँग भोज खाए ।
त्यस दिनदेखि ‘धनमूख’लाई बोलाउने, सम्बोधन गर्ने नाम (दप्प(नीङ) धेरै खाने मात्रै नभएर विधाता वा भनौं भगवानलाई समेत कुत(कुत्याउन सक्ने भनी कुलुङ भाषामा “निनाम्मा यासाम्मा चाप्दूलू यूप्लूमा” राखियो । साथै भोज खाई सकेपछि ‘पानी परेपछि बालीनाली सप्रिएर हावाले लहलहाउँछ भन्दै बालीनाली हल्लिने पारामा आफ्नो शरीरलाई ढल्काउँदै सारा गाउँका मानिसहरु नाच्न थाले ।’ त्यसरी नाचेको दिनलाई कुलुङ भाषामा ‘चालीम’ भनिन्छ । यो उत्सव ३–४ दिनसम्म मनाइयो र अन्तमा ‘तोस कूईम’ (भूमे पूजा) गरी खुशीयाली मनाइयो । ‘चालीम’देखि ‘तोस’सम्मको उत्सवहरुमा थो तोस, गुुमेल तोस, याउ तोस गरी वर्षमा तीनपल्ट (बाली लगाउने+भित्र्याउने बेलामा) मनाउँने गरिन्छ ।
तर, नेपालको भगौलिक एकीकरणसँगै गोरु काट्न कानुनी रुपमै प्रतिबन्ध लगाइयो । साथै दशैं, तिहार लगायत हिन्दू धर्मालम्बीहरुले मनाउने अन्य चाडपर्वहरु महाकुलुङका कुलुङ समुदायमा पनि अनिवार्य मनाउनुपर्ने बाध्यता सिर्जना गरियो । कुलुङ जातिले मान्दै आएको ‘चालीम’ उत्सव मात्रै नभएर अरु चाडपर्वहरु पनि ओझेलमा पर्दै गयो ।
‘चालीम’ उत्सव मनाएर खाईने खाने कुरोलाई कुलुङ भाषामा ‘वाक्पूम्’ भनिन्छ । अभैm पनि ‘चालीम’ उत्सव मनाउनका लागि महाकुलुङका गाउँवस्तीमा ‘चालीम’ पर्वको २–४ दिन अगाडि नै प्रत्येक घरबाट एकएक ट्वाक (माना) मकै, कोदो, फापर वा अन्य जे अन्न छ सो अन्न उठाइन्छ । कसैसँग गोरुको छाला छ भने सो पनि दिइन्छ । यसरी पकाएको ‘वाक्पुम्’ गाउँभरिको मानिसहरुले खाएमा गाउँमा सह हुन्छ, कहिल्यै अनिकाल लाग्दैन भन्ने मान्यताका कारण परदेश गएका आफन्तहरुलाई समेत ‘वाक्पुम्’ सुकाएर राखिदिने चलन छ । यसरी चालीम मनाउने साझा ठाउँलाई कुलुङ भाषामा ‘चालीमखम’ भनिन्छ ।
चालीमखममा गोरु काट्न नपाउने प्रतिबन्ध (विसं १८३१) पछि कुनै एक मानिसले गोरु कराए झैं गरेर ‘पार है …’ भन्दै जोडले कराएर भाँडामा राखिएको पानीमा स्याउला भिजाएर पानी परे झैं छर्किने गरिन्छ । यसरी ‘चालीम’ उत्सवको उद्घाटन गर्ने व्यक्तिले ‘पार है …’ भनेर कराएपछि गाउँभरिका मानिसहरु पानी लिएर घरबाट निस्की ‘पार है …’ भन्दै कराउँछन् ।
थप केही बुझ्नुपरेमा ९८४९९८५९९७, ९८६२४३६०४९
ninamkirat123@gmail.com

प्रकाशित मिति: जेष्ठ १४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend