Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एसइई परीक्षा नभएपनि विद्यार्थीहरुले अब यसरी पाउने नम्बर र प्रमाणपत्र !

हाम्रो कोशी आवाज
जेष्ठ २१ २०७८, शुक्रबार
एसइई परीक्षा नभएपनि विद्यार्थीहरुले अब यसरी पाउने नम्बर र प्रमाणपत्र !

धरानः सरकारले वैकल्पिक विधिबाट विद्यार्थीको मूल्याङ्कन गरी प्रमाणपत्र दिने निर्णय गरेको छ ।
कोरोना संक्रमणका कारण विद्यार्थीको भौतिक उपस्थितिमा एसइई परीक्षा सञ्चालन गर्न सम्भव नभएकोले सो व्यवस्था गर्न लागेको हो ।
मन्त्रिपरिषदको बैठकले शिक्षा ऐन २०२८ को दफा २० बमोजिम आदेश जारी गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए । शैक्षिक सत्र २०७७ को कक्षा १० अत्यमा हुने एसईई परीक्षा भौतिक उपस्थितिमा दिन सक्ने अवस्था नरहेकोले सम्बन्धित विद्यालयले गरेको अन्तिम आन्तरिक मूल्याङ्कनबाट सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा पठाउने, सो इकाइले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउने निर्णय भएको छ ।
प्राप्त विवरणका आधारमा परीक्षा बोर्डले परीक्षा नतिजा विवरण तयार पार्ने, प्रकाशन गर्ने, प्रमाणीकरण गर्ने र प्रमाणपत्र जारी गर्ने निर्णय भएको छ ।

 

प्रकाशित मिति: जेष्ठ २१ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend