धरानः धरानमा १७ सदस्यीय नगर स्काउट तदर्थ समिति धरान गठन भएको छ ।
वीरेन्द्रबहादुर शाहको संयोजकत्वमा १७ सदस्यीय समिति गठन भएको हो । समितिकोसदस्यहरुमा शंकर भण्डारी, उमेशकुमार कार्की, ईश्वरराज अर्याल, शान्ति राई, प्रियङ्का भण्डारी, बब्लुकुमार शाह, दीक्षा राई, कविन श्रेष्ठ, वसन्ती थेवे, राजबहादुर लिम्बू, सचिन राई, सुनिता राई, अनुपा प्रधानाङ्ग, सूर्यबहादुर सुनुवार, सन्तोष कोइराल, प्रकाश राई छन् ।
नेपाल स्काउट सुनसरीका निमित्त जिल्ला आयुक्त एवम् संगठन आयुक्त श्रीमती ज्ञानु श्रेष्ठको रोहबरमा सो समिति गठन भएको हो । कार्यक्रममा आयुक्त पुष्पा सुब्बा, जिल्ला समन्वय आयुक्त लक्ष्मण राई, जिल्ला तालिम आयुक्त (पुरुष विभाग) हरिकृष्ण श्रेष्ठ, जिल्ला तालिम आयुक्त (महिला विभाग) चन्द्रकला प्रधान, जिल्ला सामुदायिक विकास आयुक्त राजेन्द्र श्रेष्ठ, कार्यकारिणी सदस्यहरु बविता राई र सुशील राईको समेत उपस्थिति रहेको थियो ।