Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुँगुरको खोरमा बसेर पुनस्थापित दुर्गाबहादुरलाई मारवाडी महिलाको सहयोग

हाम्रो कोशी आवाज
असार ४ २०७८, शुक्रबार
सुँगुरको खोरमा बसेर पुनस्थापित दुर्गाबहादुरलाई मारवाडी महिलाको सहयोग

धरानः धरान-१६ नौलो बस्तीस्थित एक घरमा सुँगुरको खोरमा बस्दै आई हाल नयाँ भाडाको घरमा सारिएका दुर्गाबहादुर याक्खाको परिवारलाई शुक्रबार थप सहयोग जुटेको छ ।
नेपाल अग्रवाल महिला मञ्च धरानले घरायसीरुपमा प्रयोग हुने महत्वपूर्ण सामग्री र खाद्यान्न प्रदान गरेको हो ।
मञ्चकी अध्यक्ष इन्दु तोदीले सिरक–डसना, खाना पकाउने भाडाकुडा, चामल, दाल, चिउरा, चाउचाउलगायतका सामान याक्खा परिवारलाई हस्तान्तरण गरिन् ।
अहिलेको युगमा आएर पनि कसैले दिनुपर्ने र कसैले दिनुपर्ने अवस्था आउनु दुःखद् रहेको मञ्चकी अध्यक्ष तोदीले बताइन् । १६ नम्बर वडा कार्यसमितिकी महिला सदस्य लक्ष्मी लकान्द्रीले अति विपन्न याक्खा परिवारलाई सहयोग गरेकोमा अग्रवाल महिला मञ्चलाई धन्यवाद ब्यक्त गरिन् ।
तत्कालका लागि याक्खा परिवारलाई आधारभूत कुराहरु जुटाई सहयोग गरिसकेको र आगामी दिनमा सहयोगलाई जारी राखिने होप धरानका अध्यक्ष निश्चल पलिखेले जानकारी दिए ।

 

प्रकाशित मिति: असार ४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend