Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

युरोकपका सुपर फ्यान

हाम्रो कोशी आवाज
असार १३ २०७८, आइतबार
युरोकपका सुपर फ्यान

धरानः युरोपको विभिन्न शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा नकआउट चरणमा प्रवेश गरिसकेको छ।
नकआउट चरणका दुई खेल भईसकेका छन् जसबाट डेनमार्क र इटाली क्वाटरफाइनलमा प्रवेश समेत गरिसकेका छन्। खेल जति-जति छोटिदै छ त्यति(त्यति रोमान्चक बन्दैछ।
युरोकप फुटबल फुटबलप्रेमीका लागि एउटा उत्सव नै हो। यो उत्सवलाई फ्यानहरुले फरक(फरक शैलीमा मनाउने गर्छन। आफ्नो टोलीको समर्थनमा विविध पहिरन तथा पेटिंगले आफ्नो मुहार रंगाउँदै समर्थकहरुले समर्थन देखाउनु सामान्य हो।
तर केहि समर्थकहरुले भने निक्कै लोभलाग्दो र अजिबको पहिरन तथा पेटिंग गरेर खेल र खेलाडीलाई उत्साहित बनाउँदै धेरैको ध्यानआकर्षण समेत गरेका छन्।
आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक भिड्दै छन् भने दोस्रो खेलमा फिफा विश्व नम्बर एक बेल्जियम र साबिक विजेता पोर्चुगलले प्रतिस्पर्धा गर्ने छन् ।
हंगेरीको पुस्कास एरिनामा हुने नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच खेल राति ९:४५ बजे सुरु हुनेछ । त्यस्तै, अर्को खेलमा स्पेनको सेभियामा बेल्जियम र पोर्चुगलबीचको खेल राती १२:४५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति: असार १३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend