Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्वीजरल्याण्डसामु फ्रान्स स्तब्ध, अब स्वीजरल्याण्ड-स्पेन भिड्ने

हाम्रो कोशी आवाज
असार १५ २०७८, मंगलबार
स्वीजरल्याण्डसामु फ्रान्स स्तब्ध, अब स्वीजरल्याण्ड-स्पेन भिड्ने

धरानः फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै स्विट्जरल्यान्ड युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
मंगलबार विहान सकिएको खेलको पेनाल्टी सुटआउटमा फ्रान्सका केलियन एमबाप्पेले मात्र गोल गर्न सकेनन्। उनको प्रहारलाई स्विट्जरल्यान्डका गोलकिपर यान सोमरले विफल पारिदिएका थिए। जससँगै स्विट्जरल्यान्ड अन्तिम आठमा पुग्न सफल भयो।
त्यसअघि निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयको खेल ३-३ गोलको बराबरीमा सकिएको थियो।
खेलको १५ मिनेटमा सेफेरोभिकले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाए।
पहिलो हाफमा स्विट्जरल्यान्ड १-० ले अघि रहेको खेलमा फ्रान्सले दोस्रो हाफमा १८ मिनेट भित्रमा तीन गोल गर्‍यो।

खेलको खेलको ५७ र ५९ मिनेटमा करिम बेन्जिमाले गोल गर्दा फ्रान्स २-१ ले अघि रह्यो। यस्तै ७५ मिनेटमा पाउल पोग्बाले फ्रान्सका लागि तेस्रो गोल गरे।
स्विट्जरल्यान्डका सेफोरोभिकले ८१ मिनेटमा गोल गर्दा खेल ३-२ को स्थितिमा आयो।
खेलको अन्तिम मिनेटमा गार्भ्रानोभिकले स्विट्जरल्यान्डका लागि बराबरी गोल फर्काए। त्यसपछि खेलमा ३० मिनेट अतिरिक्त समय थप गरिए पनि दुवै टिमले गोल गर्न सकेनन्।
स्विट्जरल्यान्डले सन् १९३८ मा पछि मुख्य प्रतियोगिताको नकआउट चरणमा जित हात पारेको हो। अब सेमिफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: असार १५ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend