धरानः युरोपको विभिन्न शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज प्रि-क्वार्टरफाइनलका दुई खेल हुँदैछन्।
पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा स्विडेनले युक्रेनको सामना गर्नेछ।
लण्डनस्थित वेम्बली स्टेडियममा हुने इंग्ल्यान्ड र जर्मनीबीचको खेल राति ९स्४५ बजे सुरु हुनेछ । आज दुबै टिम पक्कै जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा हुने छन् ।
इग्न्ल्यांड समूह ुडीु बाट अपराजित रहँदै समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो । उसले ३ खेलमा ७ अंक जोडेको थियो ।
समूह चरणको पहिलो खेलमा क्रोएसियालाई १(० गोल अन्तरले हराएको इंग्ल्यान्ड दोस्रो खेलमा भने स्कटल्याण्डसँग गोल रहित बराबरीमा रोकिएको थियो । समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डले चेक रिपब्लिकलाई १(० गोल अन्तरले पराजित गर्न सफल भएको थियो ।
उता जर्मनी समूह ुएफु बाट उपविजेता बन्दै नक(आउट चरणमा स्थान बनाएको हो । जर्मनीले ३ खेलबाट ५ अंक जोडेको थियो ।
समूह चरणको पहिलो खेलमा फ्रान्ससँग १(० ले पराजित जर्मनीले दोस्रो खेलमा पोर्चुगललाई ४(२ गोल अन्तरले पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा जर्मनी हंगेरीसँग २(२ गोलको बराबरी खेलेको थियो ।
त्यस्तै, स्कटल्याण्डको ह्याम्पडेन पार्कमा हुने स्विडेन र युक्रेनबीचको खेल राति १२स्४५ बजे सुरु हुनेछ । दुबै टोली आज जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित बनाउन चाहन्छन्।
स्विडेन समूह ुईु को विजेता बन्दै नक(आउट चरणमा पुगेको हो । स्विडेनले ३ खेलमा ७ अंक जोडेको थियो ।
समूह चरणको पहिलो खेलमा स्विडेनले स्पेनसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा स्लोभाकियालाई १(० ले हराएको स्विडेनले तेस्रो खेलमा पोल्याण्डलाई ३(२ गोल अन्तरले पराजित गरेको थियो ।
युक्रेन समूह ुसीु बाट अन्तिम १६ मा पुगेको हो । समूहको तेस्रो स्थानमा रहेको युक्रेन उत्कृष्ट तेस्रो टिम बन्दै नक(आउट चरणमा पुगेको हो । युक्रेनले ३ खेलमा ३ अंक जोडेको थियो ।
पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा नर्थ म्यासेडोनियालाई २(१ ले हराएको युक्रेन समूह चरणको अन्तिम खेलमा अष्ट्रियासँग १(० ले पराजित भएको थियो ।