Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

हाम्रो कोशी आवाज
असार १६ २०७८, बुधबार
जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

धरानः इंग्ल्यान्ड युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा जर्मनीलाई २-० गोलले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो।
घरेलु मैदानमा भएको खेलमा इंग्ल्यान्डका लागि रहिम स्टर्लिङ र ह्यारी केनले गोल गरे।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
स्टर्लिङले खेलको ७५ मिनेटमा गरेको गोलबाट इंग्ल्यान्डले खेलमा पहिले अग्रता लियो। लुक शाले दिएको पासमा उनले गोल गरेका थिए।
खेलको ८६ मिनेटमा ह्यारी केनले इंग्ल्यान्डको अग्रता दोब्बर पारेका थिए।
५५ वर्षपछि ठूलो प्रतियोगिताको नकआउट चरणमा जर्मनीलाई हराएको इंग्ल्याण्ड युरोकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।
जितसँगै इंग्ल्याण्डले सन् १९९६ को युरो सेमिफाइनलमा बेहोरेको हारको बदला समेत लिएको छ । जर्मनीको हारपछि ग्रुप अफ डेथमा रहेका सबै टिम युरो २०२० बाट बाहिरिएका छन् । साविक विजेता पोर्चुगल र फ्रान्स अन्तिम १६ बाटै बाहिरिसकेका छन् ।

प्रकाशित मिति: असार १६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend