Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

युक्रेन क्वार्टरफाइनलमा

हाम्रो कोशी आवाज
असार १६ २०७८, बुधबार
युक्रेन क्वार्टरफाइनलमा

धरानः अतिरिक्त समयको अन्त्यतिर आर्टेम डोभबीकले गरेको गोलको मद्दतमा युक्रेन युरो २०२० को क्वाटर्रफाइनलमा प्रवेश गरेको छ।
बुधबार विहान सकिएको खेलमा युक्रेनले स्विडेनलाई २-१ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।
युक्रेनले खेलको २७ मिनेटमा जिनचेन्कोको गोलबाट अग्रता लिएको थियो। खेलको ४३ मिनेटमा फोर्सवर्गले स्विडेनका लागि बराबरी गोल फर्काए।
त्यसपछि निर्धारित ९० मिनेटमा कुनै गोल हुन सकेन। ९९ मिनेटमा डेनिलसन रातो कार्ड पाउँदै बाहिरिदा स्विडेन १० खेलाडीमा सीमित बन्यो।
अतिरिक्त समयको दोस्रो हाफमा थप गरिएको तीन मिनेट इन्जुरी टाइमको पहिलो मिनेटमा डिभबीले गोल गर्दा युक्रेनले रोमाञ्चक जित हात पार्‍यो।
अब सेमिफाइनल प्रवेशका लागि युक्रेनले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: असार १६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend