Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

युरोकपः आजदेखि क्वाटरफाइनलमा खेल, स्वीजरल्याण्ड-स्पेन र बेल्जियम-इटाली आमनेसामने

हाम्रो कोशी आवाज
असार १८ २०७८, शुक्रबार
युरोकपः आजदेखि क्वाटरफाइनलमा खेल, स्वीजरल्याण्ड-स्पेन र बेल्जियम-इटाली आमनेसामने

धरानः यूईएफए युरो कपको आजबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन्। जसमा आज दुई खेल हुनेछन्।
आज हुने पहिलो खेलमा स्वीजरल्याण्ड र स्पेन आमनेसामने हुनेछन्। क्रिस्टोभ्स्की स्टेडियममा आज बेलुकी पौने १० बजे खेल सुरु हुनेछ। युरो कपमा यी दुई टोली पहिलो पटक आमनेसामने हुँदैछन्।
समूह ‘ए’ को तेस्रो स्थानमा रहेको स्वीजरल्याण्डले अन्तिम १६ को खेलमा विश्वकप विजेता फ्रान्सलाई स्तब्ध बनाउँदै स्वीजरल्याण्डले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको थियो। निर्धारित ९० मिनेटको समय र अतिरिक्त समय सकिँदा पनि खेल ३-३ को बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जहाँ ५-४ ले स्वीजरल्याण्डले जितेको थियो। फ्रान्सका किलियन एम्बाप्पे पेनाल्टीमा चुकेका थिए।
त्यस्तै समूह ‘ई’ को उपविजेता स्पेनले ८ गोलको ‘थ्रिलर’ मा क्रोएसियालाई ५-३ गोलअन्तरले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको थियो। प्रतियोगिताका सुरुवाती दुई खेलमा बराबरी खेल्दै निराशाजनक सुरुवात गरेको स्पेनले पछिल्ला दुई खेलमा बिपक्षीको पोस्टमा समान ५/५ गोल गरेको छ।
त्यस्तै आजै हुने दोस्रो खेलमा बेल्जियम र इटली आमनेसामने हुनेछन्। जर्मनीको म्युनिखस्थित एलिनाज एरेनामा यी दुई टोली राति पौने १ बजे आमनेसामने हुनेछन्।
समूह चरणमा समूह ‘बी’ मा शतप्रतिशत जित निकालेको बेल्जियमले अन्तिम १६ को खेलमा साविक विजेता पोर्चुगललाई हराएको थियो। स्पेनको सेभियामा सम्पन्न खेलमा थोर्गन हजार्डको निर्णायक गोलमा बेल्जियमले पोर्चुगललाई हराएको थियो। त्यस्तै पहिलो पटक युरो कपको अन्तिम १६ मा पुगेको अस्ट्रियालाई २-१ ले हराउँदै इटलीले अन्तिम १६ को यात्रा तय गरेको थियो। समूह ‘ए’ को विजेता इटली पछिल्ला ३१ खेल यता अपराजित छ।

प्रकाशित मिति: असार १८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend