Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

किरातसम्बन्धी विषयको पठनपाठन हुने, बन्यो ‘किरात स्टडिज कोर्ष’

हाम्रो कोशी आवाज
असार १८ २०७८, शुक्रबार
किरातसम्बन्धी विषयको पठनपाठन हुने, बन्यो ‘किरात स्टडिज कोर्ष’

धरानः नेपाल खुला विश्वविद्याल (एनओयु)मा किरातसम्बन्धी छुट्टै विषय/पेपरको अध्ययन/अध्यापन हुने भएको छ ।

एनओयुले हाल औपचारिक रुपमा समाजशास्त्र संकाय अन्तर्गतको स्नातक तहमा किरातसम्बन्धी कोर्स ”किरात स्टडिज’ कोर्स समावेश गरेसंगै किरातसम्बन्धी छुट्टै विषय/पेपर पढाई हुन् लागेको हो।

ऐच्छिक विषयको रुपमा अध्ययन/अध्यापन गरिने पेपरमा किरात इतिहास, मुन्दुम, अनुसन्धान पद्दती, किरातको विश्व दृष्टिकोण, किरात संकृति तथा किरात धर्म लगायतको विषय समावेश हुनेछन्।

त्रिभुवन विश्वविद्यालयका उप-प्राध्यापक तथा कोर्स निर्माण समितिका सदस्य डा. तारामणि राईले दिएको जानकारी अनुसार ‘किरात स्टडिज’ नेपाल खुला विश्वविद्यालयको स्नातक तहमा मेजर विषयको रुपमा अध्यापन हुन लागेको हो।

‘नेपाल खुला विश्वविद्यालय (एनओयु)ले समाजशास्त्र विषयको स्नातक तहमा किरातसम्बन्धी कोर्स राख्ने भइसकेपछि हामीले लगभग दुई महिनामा १६ वटा पेपरको ‘कोर्स कन्टेन्ट’ तयार गरेर केही समयअघि बुझाएका थियौं,’ शुक्रबार फेसबुकमार्फत डा. राईले लेखेका छन्, ‘औपचारिक रुपमा कोर्स पारित भएको जानकारी भर्खरै प्राप्त भयो । सम्भवतः किराती विषयमा बृहत अध्ययन हुनेगरी बनेको कोर्स यो नै पहिलो हुन सक्छ । नेपाल खुल्ला विश्वविद्यालयलाई विशेष धन्यवाद ।’

उनले एनओयुको अनुरोधपछि उनीसहितको विज्ञ टोलीले करिब दुई महिना लगाएर किरातसम्बन्धी १६ वटा पेपरको ‘कोर्स कन्टेन्ट’ तयारी गरी बुझाएको र हाल एनओयुले औपचारिक रुपमै उक्त कोर्स पारित गरेको बताए । उनले किराती विषयमा बृहत अध्ययन हुनेगरी कोर्स निर्माण गरिएको यो नै पहिलो हुन सक्ने समेत बताएका छन् ।

उप-प्राध्यापक राईका अनुसार यसले किरात ज्ञानलाई संस्थागत गर्नुका साथै ‘एकेडेमिक डिस्कोर्स’ लागि नयाँ आयाम भएको बताए। यसले मौखिक रुपमा रहेका ज्ञानलाई प्राज्ञिक ज्ञानमा रुपान्तण हुनेमा विश्वास व्यक्त गरे।

उनका अनुसार यो कोर्स स्नातक तहमा मात्र सिमित नरहने र स्नातोकोत्तर तहमा पनि छुट्टै विषयको रुपमा अध्ययन हुने तयारि रहेको जानकारी दिए।

प्रकाशित मिति: असार १८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend