Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नम्बर एक बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा

हाम्रो कोशी आवाज
असार १९ २०७८, शनिबार
नम्बर एक बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा

धरानः फिफा नम्बर एक बेल्जियमलाई हराउँदै उपाधि दाबेदार इटालीले युरोकप २०२० को सेमिफाइनलमा स्थान पक्का गरेको छ । पहिलो हाफमा लिएको २-१ को अग्रता जोगाउँदै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो ।
इटालीले अब सेमिफाइनलमा स्पेनको सामना गर्नेछ । त्यसअघि स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै स्पेन युरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा प्रवेश गरेको थियो ।
शुक्रबार राति जर्मनीको एलिनाज स्टेडियममा इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक-एक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए ।
खेलको ३० औं मिनेटमा बरेलाले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए । मार्को भेराट्टीको पासमा उनले दुई डिफेन्डरलाई बिट गर्दै गोल गरे ।
त्यस्तै, खेलको ४४ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई २-० को अग्रता दिलाए । उनले एकल प्रयासमा बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । जियोभानी लोरेन्जोले पेनाल्टी बक्स भित्र जेरीमी डोकुलाई लडाएपछि बेल्जियमले पेनाल्टीको अवसर पाएको थियो ।
दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल इटालीले २-१ ले आफ्नो बनायो ।
इटालीले आजको जितसंगै ३२ खेलमा अपराजित रहँदै अपराजित रहने टोलीको रुपमा नयाँ किर्तिमान कायम गरेको छ।

प्रकाशित मिति: असार १९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend