Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

डेनमार्क युरोकपको सेमिफाइनलमा प्रवेश

हाम्रो कोशी आवाज
असार २० २०७८, आइतबार
डेनमार्क युरोकपको सेमिफाइनलमा प्रवेश

धरान: चेक गणतन्त्रलाई हराउँदै डेनमार्क युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ। अजरबैजानको बाकुमा भर्खरै सम्पन्न युरोकप २०२० अन्तर्गत तेस्रो क्वाटरफाइनलमा डेनमार्कले चेक गणतन्त्रलाई २–१ ले हराएको हो।

खेलको सुरुवातीदेखि नै आक्रामक बनेको डेनमार्कले पाँचौं मिनेटमा अग्रता लिएको थियो। पहिलो हाफको अन्तिम समयमा डेनमार्कले उत्कृष्ट टिम गोल गर्दै अग्रता दोब्बर पारेको थियो। चेक गणतन्त्रले खेककाे ४९ औं मिनेटमा एक गाेल फर्काएकाे थियाे।

अब डेनमार्कले चौथो क्वाटरफाइनलको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ। अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्ड र युक्रेनबीच नेपाली समयअनुसार मध्यरात १२:४५ बजे प्रतिस्पर्धा हुँदै छ।

प्रकाशित मिति: असार २० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend