Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इंग्ल्यान्ड पुग्यो सेमीफाइनलमा, युरोकपको फाइनल प्रवेशका लागि डेनमार्कको सामना गर्ने

हाम्रो कोशी आवाज
असार २० २०७८, आइतबार
इंग्ल्यान्ड पुग्यो सेमीफाइनलमा, युरोकपको फाइनल प्रवेशका लागि डेनमार्कको सामना गर्ने

धरानः युक्रेनमाथि शानदार जित निकाल्दै इंग्ल्यान्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अब इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ । चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ ।

रोममा शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा कप्तान ह्यारी केनले दुई गोल गरेपछि इंग्ल्यान्डले युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो । यस्तै ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक-एक गोल गरे ।

यससँगै इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस अघि इंग्ल्यान्ड सन् १९९६ मा सेमिफाइनल पुगेको थियो ।

स्टाडियो ओलम्पिको स्टेडियममा चौंथो मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । रहिम स्ट्रर्लिङको पासमा उनले गोल गरे ।

दोस्रो हाफको ४६ औं मिनेटमा डिफेन्डर मग्वाएरले गोल गर्दै इंग्ल्यान्डलाई २-० को अग्रता दिलाए । उनले लुक शको फ्रिकिक पासमा हेडमार्फत गोल गरे ।

खेलको ५० औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डको अग्रता तेब्बर बनाए । उनले शकै पासमा हेडमार्फत गोल गरे ।

त्यसपछि खेलको ६३ औं मिनेटमा परिवर्तित खेलाडी हेण्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई ४-० को जित दिलाए । राइसको स्थानमा ५७ औं मिनेटमा मैदान पसेका उनले मासन माउन्टको कर्नरमा हेडमार्फत गोल गरे ।

यस अघि राउण्ड अफ १६ मा इंग्ल्यान्डले उपाधि दाबेदार जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै अन्तिम आठको यात्रा पक्का गरेको हो । युक्रेनले भने स्विडेनलाई २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डसँगको भेट पक्का गरेको थियो ।

प्रकाशित मिति: असार २० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend