धरान: राष्ट्रिय परीक्षा बोर्डले २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्याङ्कनको नतिजा साउनभित्र प्रकाशित गर्ने भएको छ ।
परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले साउनभित्रमा नतिजा प्रकाशित गर्ने लक्ष्य लिएको जानकारी दिए । ‘अहिले विद्यालयले सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा आन्तरिक मूल्याङ्कन गरेको नम्बर पठाएका छन्, ती नम्बर यो महिनाको मसान्तसम्ममा बोर्डमा पठाउँछन् ।’
उनका अनुसार बोर्डमा नम्बर प्राप्त भएपछि इन्ट्री र रुजु गरिने छ । ‘समयमा सबै आन्तरिक मूल्याङ्कनको नम्बर प्राप्त भएमा साउनभित्रमा नतिजा प्रकाशित हुन्छ,’ अधिकारीले भने ।