Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोपा अमेरिकाः अर्जेन्टिना र ब्राजिल भिड्ने

हाम्रो कोशी आवाज
असार २३ २०७८, बुधबार
कोपा अमेरिकाः अर्जेन्टिना र ब्राजिल भिड्ने

धरानः गोलकिपर एमिलियानो मार्टिनेज पेनाल्टी सुटआउटमा नायक बनेपछि अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएर अर्जेन्टिना फाइनल पुगेको हो । अब अर्जेन्टिनाले उपाधिका लागि आयोजक ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।
खेलको ७औँ मिनेटमै लाेउटारो मार्टिनेजकाे गाेलबाट अर्जेन्टिनाले १-० को अग्रता बनाएकाे थियाे । कप्तान लियोनल मेसीको पासलाई मार्टिनेजले सजिलै गोलमा परिणत गरिदिएका थिए । दोस्रो हाःफको ६१औँ मिनेटमा कोलम्बियाका लुइस डिजले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
त्यसपछि निर्धारित ९० मिनेट अनि थपिएकाे ४ मिनेटमा पनि दुवै टिमले गाेल गर्न सकेनन् । र, खेल टाइब्रेकरमा धकेलियाे । तर, पेनाल्टीमा अर्जेन्टिनी किपर काेलम्बियाका खेलाडीका लागि भारी बने । मार्टिनेजले तीन प्रहार जाेगाएसँगै अर्जेन्टिनाले कोलम्बियामाथि ३–२ काे जित नकालेकाे हाे । पेनाल्टीमा अर्जेन्टिनाले ४ प्रहारमा ३ गोल गर्‍याे भने ५ प्रहार गरेकाे कोलमम्बियाले जम्मा २ गोल हान्याे ।
पेरुलाई १–० ले हराउँदै साविक विजेता ब्राजिल यसअघि नै फाइनलमा पुगिसकेको छ । फाइनल खेल आउँदाे आइतबार बिहान ५:४५ मा हुनेछ ।

प्रकाशित मिति: असार २३ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend