Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

युरोकपः इङ्ग्ल्याण्ड ५५ वर्षपछि फाइनलमा, इटालीसँग प्रतिस्पर्धा गर्ने

हाम्रो कोशी आवाज
असार २४ २०७८, बिहिबार
युरोकपः इङ्ग्ल्याण्ड ५५ वर्षपछि फाइनलमा, इटालीसँग प्रतिस्पर्धा गर्ने

धरान: डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
बुधबार राति डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो। ​ योससँगै इंग्ल्यान्ड पहिलो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। घरेलु मैदान वेम्बली स्टेडियममा इंग्ल्यान्डले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो। इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले एक गोल गरे। इंग्ल्यान्डले एक गोल आत्मघाती उपहार पाएको थियो।
रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता डेनमार्कले बनाएको थियो। ३० औं मिनेटमा युवा खेलाडी डाम्सगार्डले फ्रिकिकबाट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए। तर, खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोनले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो। इंग्ल्यान्डका बुकायो साकाको क्रसमा उनले आफ्नै पोस्टमा गोल गरेका थिए।
दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयको १ सय ४ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २-१ को जित दिलाए। उनले आफैले हानेको पेनाल्टीको रिबाउन्डमा गोल गरेका हुन्।

रहिम स्ट्रर्लिङलाई जोकिम माहेलले पेनाल्टी बक्स भित्र फउल गर्दै लडाएपछि इंग्ल्यान्डले भीएआरको सहायताबाट पेनाल्टीको अवसर पाएको थियो। जसमा केनको पेनाल्टी प्रहार डेनमार्कका गोलकिपर कास्परले रोकेका थिए। तर, रिबाउन्डमा आएको बलमा केनले सहजै गोल गरे।​
इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।
अब उपाधिका लागि इंग्ल्यान्डले आइतबार राति इटालीसँग प्रतिस्पर्धा गर्नेछ। इटालीले पहिलो सेमिफाइनलमा स्पेनलाई हराएर फाइनलमा स्थान पक्का गरेको हो।
इंग्ल्यान्डले युरो कपमा पहिलो पटक फाइनलमा पुगेको हो। यस्तै इंग्ल्यान्डले ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो।
सन् १९६६ मा भएको विश्वकपको फाइनल खेलेपछि इंग्लिस फुटबल टिम मुख्य प्रतियोगितामा लगातार चुक्दै आएको थियो।

प्रकाशित मिति: असार २४ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend