Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बीपी स्मृति दिवस मनाइने

हाम्रो कोशी आवाज
साउन ५ २०७८, मंगलबार
धरानमा बीपी स्मृति दिवस मनाइने

धरानः धरानमा ३९ औं बीपी स्मृति दिवस धरविभिन्न कार्यक्रम गरेर मनाउने भएको छ ।
भोलि (बुधबार) प्रदेश १ का संसदीय दलका नेता एवं कांग्रेस सुनसरी जिल्ला सभापति राजीव कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने भएको हो ।
नेपाली कांग्रेस धरान नगर समितिका अनुसार ३९ औं बीपी स्मृति दिवसको अवसरमा धरान १३ स्थित बीपी पार्कमा बिहान ८ बजे बीपीको शालिकमा माल्यार्पण गर्ने, दिउँसो २ बजे धरान २ स्थित नवनिर्मित पार्टी कार्यालयमा विचार गोष्ठी कार्यक्रम आयोजना गरिएको छ ।
धरान–२ स्थित बलबहादुर राई र भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको नाममा कांग्रेसको भवन निर्माण सम्पन्न गरिएको छ । भवनको औपचारिक रुपमा उद्घाटन भने भएको छैन । भवनको उद्घाटन अब केही दिनभित्रमा गरिने कांग्रेस नगर समितिले जनाएको छ ।

प्रकाशित मिति: साउन ५ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend