Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कक्षा-१२ को परीक्षा तालिका आइसकेपछि सबै परीक्षा स्थगितको प्रस्ताव

हाम्रो कोशी आवाज
साउन १८ २०७८, सोमबार
कक्षा-१२ को परीक्षा तालिका आइसकेपछि सबै परीक्षा स्थगितको प्रस्ताव

धरानः कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै सबै परीक्षाका कार्यक्रम स्थगित गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको छ ।
सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा सम्बन्धी सबै कार्यक्रम स्थगित गर्न आग्रह गरेका हुन् । परीक्षा स्थगित गरेर आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्न सकिने विकल्प सुझाउँदै राज्यमन्त्री श्रेष्ठले शिक्षा मन्त्रालयलाई यस्तो आग्रह गरेका हुन् ।
कक्षा १२ को परीक्षाका लागि साउन ३१ भदौ ९ गतेसम्म हुने भनी तालिका पनि सार्वजनिक भइसकेको छ । यसअघि पनि जेठ २६ गते तय भएको कक्षा १२ को परीक्षा दोस्रो लहरको कोरोना संक्रमण तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निकट भविष्यमा सञ्चालन हुन लागिरहेको कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका परीक्षासम्बन्धी कार्यक्रम स्थगित गर्न प्रस्ताव लैजाने बताए ।
स्थगन हुने परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्ब उचित निर्णय लिने पनि उनले बताए ।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले यसबारेमा स्वास्थ्य मन्त्रालयले कुनै छलफल नगरेको र हालसम्म बोर्ड परीक्षा गराउने तयारीमै रहेको स्पष्ट पारे ।
‘यतिका सपिङ मल खोल्न हुने, यातायात चल्ने अनि कक्षा १२ को परीक्षा गराउँदा कोभिड हुने हो र ?,’ उनले भने, ‘सरकार खोप चाहिँ स्टोर गरी राख्ने ? अनि महामारी हुन्छ भनेर गतिविधि बन्द गरेर हुन्छ ?’

प्रकाशित मिति: साउन १८ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend