Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कक्षा-१२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलागौंः बोर्ड

हाम्रो कोशी आवाज
साउन १९ २०७८, मंगलबार
कक्षा-१२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलागौंः बोर्ड

धरानः राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने बताएका छन् ।
बाहिर केही सञ्चार माध्यममा परीक्षा स्थगित भयो भनेर आएका समाचार निराधार भएको समेत उनको भनाइ छ । साउन ३१ गते देखि जनस्वास्थ्यका मापदण्ड पालना गरी परीक्षा सम्पन्न हुने भएकोले सबै विद्यार्थीलाई बाहिरी हल्लाको पछि नलागी परीक्षाको तयारी गर्न समेत अध्यक्ष पौडेलले आग्रह गरे ।
परीक्षाको तयारी भइरहेको र परीक्षा कुनै कारण देखाएर नरोकिने समेत उनले स्पष्ट पारे । गत जेठ महिनामा हुनुपर्ने १२ कक्षाको परीक्षा कोरोना संक्रमणको कारण हुन सकेको थिएन ।
‘साउन ३१ गतेबाट गर्ने गरी पूर्व निर्धारित तालिका र शैलीमा कुनै फेरबदल भएको छैन’ उनले भने, ‘परीक्षाको तयारी लगभग पूरा भइसकेको छ ।’
उनले हाल कक्षा–११ को परीक्षा भइरहेकोले कक्षा–१२ को परीक्षा पनि भएर छाड्ने दावी गरे । कोरोना भाईरस (कोभिड – १९) को दोश्रो लहरका कारण स्थगित गरिएको कक्षा १२ को परीक्षा विद्यार्थीले पढेकै विद्यालय अर्थात् होम सेण्टरमा लिने गरी बोर्डले गत साउन ५ गते निर्णय गरेको थियो । परीक्षा भदौ ९ गतेसम्म सञ्चालन हुनेछ ।
परीक्षा सञ्चालन गर्दा हरेक विद्यालयले महामारी विरुद्ध सरकारले जारी गरेको स्वास्थ्य माण्दण्ड पालना गर्नु पर्नेछ । परीक्षामा सहभागी हुन तीन लाख ८६ हजार विद्यार्थीले फाराम भरेको बोर्डले जनाएको छ ।

प्रकाशित मिति: साउन १९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend