Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका विद्यार्थीले गरे माछा, कुखुरा, हाँस, बट्टाइ पाल्दै आएका धरानका सुनिलको तारिफ

हाम्रो कोशी आवाज
साउन २० २०७८, बुधबार
धरानका विद्यार्थीले गरे माछा, कुखुरा, हाँस, बट्टाइ पाल्दै आएका धरानका सुनिलको तारिफ

धरानः ‘एसइई स्पीकर धरान-२०७८ सिजन-१’ को ग्रान्ड फिनालेअन्तर्गत २५ प्रतिशत अङ्कको लागि फिल्ड भिजिट राउन्ड मङ्गलबार सम्पन्न भएको छ ।
धरान-१६ स्थित युएन नवोदय कलेजको हलमा भएको कार्यक्रममा सहभागीहरूले सुनसरीको बराहक्षेत्र–८ मा रहेको ‘लगुन एग्रीकल्चर रिसर्च सेन्टर प्रा.लि.’ शीर्षकमा बोलेका थिए ।
आयोजक रयाडिकल लाइट नेपाल प्रालिले आइतबार उत्कृष्ट–७ जना सहभागीलाई रिसर्च सेन्टरको अवलोकन भ्रमण गराएको थियो । सञ्चालक सुनिल थापाले सेन्टरको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
अवलोकन भ्रमणका क्रममा प्राप्त सूचनाका आधारमा सहभागीहरूले आफ्नो विचार ब्यक्त गरेको रयाडिकलका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए । अधिकांश सहभागीहरुले सुनिल थापाको उदाहरणीय कामले देशका युवाहरुलाई कृषि पेशामा लाग्न उत्प्रेरणा मिल्ने विचार ब्यक्त गरेका थिए ।
धरान घर भएका सुनिल थापाले २०६४ सालमा लगुन एग्रीकल्चर रिसर्च सेन्टर स्थापना गरी ५ बिगाहा जग्गामा माछा, कुखुरा, हास, बट्टाई पाल्दै आएका छन् । प्रतियोगिताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पस धरानका उपप्राध्यापक राजेश विद्रोही र समता स्कुल इटहरीका शिक्षक जेपी काफ्ले रहेका छन् । एसइई स्पीकरमा बाँकी ७५ प्रतिशत अङ्कको लागि फाइनल आगामी शनिबार हुने आयोजकले जनाएको छ ।
यसैबीच एसइई स्पीकर धरानका उत्कृष्ट–७ जना सहभागीहरुलाई डाइनिङ एटिकेट (खाना शिष्टाचार) सम्बन्धी ज्ञान प्रदान गरिएको छ । युएन नवोदय कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले सहभागीहरुलाई देश–विदेशका स्टार होटलहरुमा काटा–चम्चा कसरी समात्ने, सुप कसरी खानेलगायतका महत्वपूर्ण ज्ञान प्रदान गरे। सहभागीहरुले खाना शिष्टाचार सामान्य लागेपनि जान्नैपर्ने कुरा भएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति: साउन २० २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend