Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘चिराइतो’ बारे थप अनुसन्धान थालौं

हाम्रो कोशी आवाज
साउन २२ २०७८, शुक्रबार
‘चिराइतो’ बारे थप अनुसन्धान थालौं

हाम्रो देश नेपाल हरेक क्षेत्रमा र हरेक साधन=स्रोतहरुमा धनी रहेको छ । त्यसमा पनि प्राकृतिक स्रोतहरू जस्तैः वनस्पति, जडीबुटी, वन–जङ्गल, प्राकृतिकरूपमै रहेको हरियाली पनि कम छैन । त्यस्तै, हिमाल, पहाडबाट छङछङ गर्दै बग्ने छाँगा–छहरा, टलक्क टल्कने हिमाल, पहाड एवम् फाँटिलो खेतीयोग्य मधेस साथै खेती योग्य हुनुका साथै ठूलो मैदानी भूभागमा पैmलिएर रहेको, नदी किनारमा रहेको टार वा भनौं टारी जग्गा आदि रहेको छ, जुन कुरोहरुले गर्दा हामी धेरै नै धनी रहेका छौं ।
अझ हाम्रो देश नेपाल जातजाति, भाषाभाषी, भेषभुषा, धर्म, संस्कार–संस्कृति, रहनसहन, परम्परागत मूल्य-मान्यता, आफ्नोपन आदिमा पनि धेरै धनी देश हो भन्ने विश्वका धेरै विद्घानहरुले अध्ययन–अनुसन्धान गरेरै प्रमाणित गरेका छन् । त्यसैले त नेपाललाई विश्वका प्रायः सबै देशले आँखा लगाउने गरेका छन्, अध्ययन–अनुसन्धानको स्रोत देश मान्ने गरेका छन् । र, अध्ययन–अनुसन्धान गर्नका लागि कयौं विदेशी मूर्धन्य विद्घानहरु नेपाल आएका छन्, आइरहेका छन् । यसलाई हामीले आफ्नो अमूल्य सम्पत्तिका साथै गर्विलो तथा दर्विलो सम्पत्ति मान्न सकिन्छ ।
हुन पनि हाम्रो देश नेपाल वनस्पतिजन्य पूmल फुल्ने फूलहरू मात्रै लगभग सात हजार प्रकार छन् भन्ने अध्ययन–अनुसन्धानकर्मीहरुको भनाइ रहेको छ । त्यति मात्रै होइन, अन्य प्राकृतिक साधन–स्रोतहरूमा पनि हाम्रो देश नेपाल धेरै नै धनी देशको रूपमा रहेको विविधै छ । त्यसमा पनि जडीबुटीजन्य वनस्पतिमा नेपाल विश्वका अन्य देशहरुको तुलनामा कम धनी छैन । तर, पनि हामी नेपालीहरूले अहिलेसम्म पनि नेपालका ती अधिकाङ्श वनस्पति र वनस्पतिजन्य जडीबुटी वा भनौं औषधिजन्य जडीबुटीहरूलाई सही र पूर्ण क्षमताका साथ सदुपयोग गर्न सकिरहेका छैनौं । त्यसरी प्रयोग गर्न नसकिएको अधिकांश वनस्पति र जडीबुटी वा भनौं औषधिजन्य वनस्पतिहरूको नाम सूची धेरै लामो हुन सक्छ । त्यस्ता अनेकौं औषधिजन्य वनस्पतिहरुमध्ये यहाँ राष्ट्रियरुपमा कम चर्चामा रहेको तर गाउँघरमा धेरै समय अघिदेखि घरेलु औषधिको रुपमा आमरुपमा मानिसहरूले प्रयोग गर्ने गरेकोे एक जडीबुटी वा भनौं औषधिजन्य वनस्पति ‘चिराइतो’ बारे केही लेख्ने प्रयास गरिएको छ ।
विशेषगरी बारी वा झाडीको भित्तोमा प्राकृतिकरूपमै आपैm उम्रने र बढ्ने वनस्पति (जडीबुटी) ‘चिराइतो’ को वैज्ञानिक नाम भने ‘स्वेर्सिया चिराइता’ हो भने यो वनस्पति ‘जेनसियानेसी’ परिवारमा पर्छ । यो वनस्पति खासमा ‘झार’ वर्गमा पर्ने ‘बुट्यान’ हो । त्यस्तै ‘चिराइतो’ को अङ्ग्रेजी नामचाहिँ चिरेत्ता, व्यापारिक नाम पनि चिरेत्ता, स्थानीय नाम ‘चिराइतो’ हो । चिराइतोलाई हिन्दी भाषामा चिराता, तिब्बती भाषामा, आम्चीहरुले, तिते, तिक्ता, नेवारी भाषामा खलु, लिम्बू भाषामा सुङ खिम्बा, कुलुङ भाषामा ‘खीप्ली, खीफ्ली’, तामाङ भाषामा तिम्दा, मगर भाषामा रङ, रङ्का, गुरुङ भाषामा तेन्तो, शेर्पा भाषामा तिक्दा भनिन्छ । (स्रोतः वनस्पति विभाग)
त्यस्तै, नेपालका अन्य जातजाति, समुदाय र भाषाभाषीको मातृभाषामा पनि चिराइतोको अलग्गै नाम हुन सक्छ, तर अहिलेलाई यो कामको जिम्मा चिराइतोका बारेमा अध्ययन–अनुसन्धान गर्ने अनुसन्धानकर्मी वा भनौं विषय विज्ञहरुको जिम्मामै छाडौं कि ।
हुन पनि चिराइतोको कुनै पनि भाग खेर जाँदैन । किनभने, चिराइतोको पुरै शरीर अथवा भनौं पात, जरा, डाँठ, फूल, बोक्रा सबै प्रयोगमा आउने गर्छ । यसरी हेर्दा पूरै शरीर अथवा भनौं पात, जरा, डाँठ, फुल, बोक्रा सबै प्रयोगमा आउने औषधिजन्य धेरै कम बोट–विरुवाहरुमा पर्ने वनस्पति हो –चिराइतो । गाउँघरमा चिराइतोलाई पेट दुख्ने, पेटको कीरा (जुका, चुर्ना) मार्न, ज्वरो आउने, रगतमासी, घाउ–खटिरा, अपचलगायत प्रायः सबै रोगमा प्रयोग गरिए तापनि वनस्पति विभागका अनुसार चिराइतोलाई बल, शक्तिवद्र्घक, महिलाहरुमा हुने महिनावारी गडबडी, कब्जियत, पित्तनाशक, शरीर सुन्निएको ठाउँमा, स्वेत प्रदर, छाला रोग, दाद निको पार्न, र्न प्रयोग गर्न सकिन्छ भने चिराइतोबाट ब्याक्टेरिया, ढुसी आदि पनि निर्मूल गर्न सकिन्छ । त्यस्तै, पशुपङ्क्षीलाई लाग्ने विभिन्न रोगहरुमा पनि चिराइतोलाई घरेलु औषधिको रुपमा प्रयोग गरिँदै आएको छ ।
तर, प्राकृतिकरुपमा पाइने चिराइतो १४–१५ सय मिटरदेखि २९–३० सय मिटरसम्मको उचाईमा पाइन्छ । यसलाई सोभन्दा माथिको उचाई वा तल (१४–१५ सय मिटरदेखि २९–३० सय मिटरभन्दा कम वा वेशी) को उचाईमा पनि कृतिम तरिकाले खेती गर्न सकिने सम्भावना छ कि ? यसबारेमा चिराइतोका बारेमा अध्ययन गर्ने अनुसन्धानकर्मी वा भनौं विषय विज्ञहरुले अध्ययन–अनुसन्धान गर्नुपर्ने देखिन्छ ।
अथवा चिराइतोका बारेमा अध्ययन गर्ने अनुसन्धानकर्मी वा भनौं विषय विज्ञहरुद्घारा अध्ययन–अनुसन्धान भइसकेको छ कि ? जे होस्, विगत लामो समयदेखि नेपालको पूर्वी भेग अर्थात् इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर आदि अनि मध्य नेपालको मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा आदि । त्यस्तै, पश्चिम नेपालको सल्यान, रोल्पा, डोल्पा, अछाम, डोटी, डढेल्धुरा, बाजुरा आदि जिल्लाहरुमा प्राकृतिक रुपमै चिराइतो उम्रने, उत्पत्ति हुने गरेको छ । हुन पनि केही वर्षअघि पूर्वको ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर आदि जिल्लाबाट संखुवासभा जिल्लाको उत्तरी नाका हुँदै हेलिकोप्टरबाटै चीनको तिब्बततर्पm चिराइतो निकासी हुने गरेको थियो ।
हुन त केही वर्ष अघिदेखि नेपालका केही जिल्लामा चिराइतोको व्यवसायिकरुपमै खेती गर्न थालिएको छ । विश्वमा धेरै प्रकारका चिराइतो पाइने भएतापनि वनस्पति विभागका अनुसार नेपालमा १० प्रकारका चिराइतो पाइन्छ । चिराइतो खेती गर्न सम्म बारीभन्दा पनि भित्ता वा कान्ला उत्तम देखिन्छ, मानिन्छ । अझ त्यसमा पनि उत्तर–पश्चिम मोहडा परेको भित्तोमा चिराइतो छिटो बढ्ने र राम्रोसँग सप्रिएको देखिन्छ । तापनि खेती गर्ने किसानहरुले कात्तिक–मङ्सिर महिनामा बिऊ नर्सरी तयार गर्ने गर्छन् भने, नर्सरीमा बिऊ छर्ने, राख्ने काम फागुन–चैत महिनामा गर्छन् । त्यस्तै जेठ–असार महिना उम्रेको, हुर्केको बिरुवा (बेर्ना) रोप्ने काम गर्छन् ।
यसरी हेर्दा नेपाल सरकार, कृषि मन्त्रालयले नेपालका पहाडी तथा हिमाली जिल्लाका किसानहरुलाई चिराइतो खेतीमा आकर्षित गर्न सके किसानहरुलाई मात्रै नभएर नेपाल सरकार, नेपालका एलोप्याथिक औषधि उद्योग, आयुर्वेदिक औषधि उद्योग, वैद्यखाना, प्राकृतिक चिकित्सकलगायतलाई आम्दानीको एक उत्तम र राम्रो स्रोतको रुपमा ‘चिराइतो’ को खेती र प्रयोगलाई पनि बनाउन सकिने देखिन्छ ।
ninamkirat123@gmail.com

प्रकाशित मिति: साउन २२ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend