Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सोमबारसम्ममा एसइई नतिजा

हाम्रो कोशी आवाज
साउन २२ २०७८, शुक्रबार
सोमबारसम्ममा एसइई नतिजा

धरानः २०७७ सालको एसइईको नतिजा सोमबारसम्म प्रकाशित हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा–१० का परीक्षा नियन्त्रक रुद्र अधिकारीले २५ साउनमा नतिजा प्रकाशित गरिसक्ने जानकारी दिए ।
बोर्डले आजै नतिजा प्रकाशित गर्ने कार्यक्रम रहेको थियो । विगतमा जस्तै केही विद्यालयले अस्वाभाविक नतिजा प्रदान गरेको पाइएपछि परीक्षा नतिजा रोकिएको बुझिएको छ ।
उनले नतिजा ग्रेडमा दिने भएकाले ग्रेडमा गडबड नहोस्, विद्यार्थीको समग्र नतिजा र विद्यार्थीको अनुपस्थित रहेको औंल्याए । ‘भौतिक रुपमा परीक्षा दिँदा अनुपस्थित हुनु त जायज होला, अहिलेको परिस्थितिमा पनि अनुपस्थित देखिँदा छानबिन गर्नुपर्ने हुन्छ । कि त सिम्बोल नम्बर फरक परेकाले या सफ्टवेयरमा गडबडी भयो कि’ उनले भने ।
बोर्डको यो वर्षको परीक्षाका लागि तयार गरेको कार्यविधिमा ८० भन्दा बढी अंक दिनुपरेमा सो को कैफियतमा खुलाउनुपर्ने नयाँ व्यवस्था छ । सो नियमको उल्लंघन गरी कारण नखुलाई ८० भन्दा बढी अंक दिएको खुलेको हो । तर परीक्षा नियन्त्रक अधिकारी भने त्यस्तो कारण नभई प्राविधिक समस्याका कारणले नतिजा प्रकाशन गर्न समय लागेको बताए ।

प्रकाशित मिति: साउन २२ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend