धरानः राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ ।
विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो ।
विद्यालयबाट आएको ४ लाख ८४ हजार २७८ विद्यार्थीहरूको नतिजा प्रमाणीकरण गरेर बोर्डले सार्वजनिक गरेको हो।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर मार्फ प्राप्त गर्न सकिने बताएको छ ।
बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसेलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने बताएको छ । गत वर्ष चैतमा निर्धारित एसईई परीक्षा कोरोना महामारीका कारण देश नै लकडाउनका कारण स्थगित भएको थियो। परीक्षाको मिति निर्धारित गर्ने तयारी परीक्षा नियन्त्रण कार्यालयले गरे पनि अन्तत: आन्तरिक मूल्यांकनबाटै एसईईको परीक्षाफल प्रकाशित भएको थियो। विद्यालयहरूले आन्तरिक मूल्यांकनका आधारमा पठाएका प्राप्तांक प्रत्येक जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय इकाइले बोर्डमा पठाएको र त्यसलाई प्रमाणीकरण गरेर भदौ १ गते परीक्षाफल प्रकाशित भएको थियो।
यस वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा प्रकाशित भएको हो। विद्यालयले पठाएको आन्तरिक मूल्यांकनका प्राप्तांक जिल्लामार्फत बोर्डमा आएपछि परीक्षाफल प्रकाशित भएको हो। यस पटक विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित मात्रै गरेकाले नतिजाको वर्गीकरण नगरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।
‘विद्यालयले आ–आफ्नो तरिकाले मूल्यांकन गरेका छन् । विद्यालयले गरेको मूल्यांकनका आधारमा आएको नतिजाको वर्गीकरण गर्नु व्यवहारिक देखिएन,’ पौडलले भने ।
तर, विद्यार्थीको लब्धाङ्क पत्र (मार्कसिट)मा उनीहरूले प्राप्त गरेको ग्रेड र जीपीए उल्लेख हुनेछ । बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशित गरेको छ ।
एसईईको नतिजा निम्न वेव साइटमा हेर्न सकिन्छ;
www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, www.ekantipur.com, www.ncell.axiata.com
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित
शुक्रबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको जनाएका थिए ।
त्यस्तै, सीसीएमसीले कोरोना संक्रमण बढ्दै गएको कारण तत्काल परीक्षा गर्न नसक्ने भन्दै बोर्डलाई नयाँ मिति तय गर्न पत्राचार गरेको थियो ।
विद्यार्थी संगठन र अभिभावकहरुले सबै परीक्षार्थी र परीक्षामा संलग्न सबैलाई कोभिड विरुद्धको खोपको व्यवस्थापन गर्न, व्यवस्थापन गर्न नसक्ने भए स्थगित गर्न माग गर्दै आएका थिए ।
परीक्षा आउन एक हप्ता बाँकी हुँदा स्वास्थ्य मन्त्रालयको सिफारिसमा सीसीएमसीले परीक्षाको नयाँ मिति तय गर्न अनुरोध गरेपछि बोर्डले पनि त्यही अनुसार तत्काललाई स्थगित गरेको छ ।
यसअघि बोर्डले भौतिक दुरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्नेगरी तयारी थालेको थियो । साथै परीक्षा केन्द्रमा स्वाथ्य परीक्षण गर्ने, परीक्षा अगावै अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने, केन्द्रमा हेल्थडेक्स राख्ने लगायत तयारी गर्न सबै केन्द्रलाई निर्देशन दिएको थियो ।
परीक्षा बोर्डले यो पटक १०० पूर्णांककै परीक्षा गराउने तयारी गरेको थियो । कक्षा १२ मा तीन लाख ७२ हजार तीन सय ४८ परीक्षार्थीका लागि बोर्डले चार हजार तीन सय १० परीक्षा केन्द्र तोकिसकेको थियो ।