Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान आदर्शले स्वास्थ्य मापदण्ड अपनाएर साउन २९ गते कक्षा-११ को लागि प्रवेश परीक्षा लिने

हाम्रो कोशी आवाज
साउन २५ २०७८, सोमबार
धरान आदर्शले स्वास्थ्य मापदण्ड अपनाएर साउन २९ गते कक्षा-११ को लागि प्रवेश परीक्षा लिने

धरानः धरान–१ मा रहेको धरान आदर्श माध्यमिक विद्यालयले नेपाल सरकारले तोकेको स्वास्थ्य मापडण्ड अपनाउँदै साउन २९ गते शुक्रबार प्रवेश परीक्षा लिने तयारी थालेको छ ।
विद्यालयका प्रिन्सिपल लोकेन्द्र श्रेष्ठले एसइई परीक्षाको नतिजा आइसकेको हुनाले स्वास्थ्य मापदण्ड अपनाएर प्रवेश परीक्षाको तयारी गरिएको हो । ‘सरकारले तोकेको स्वास्थ्य मापडण्ड अपनाएर कक्षा–११ को भर्नाको लागि प्रवेश परीक्षा लिनेछौं’, उनले भने ।
एसइईमा ए प्लस ल्याएका विद्यार्थीहरुलाई ७० प्रतिशत र ए ल्याएका विद्यार्थीलाई लागि ५० प्रतिशत छुटको समेत गरिएको प्रिन्सपल लोकेन्द्र श्रेष्ठले जानकारी दिए । ‘जिल्लाको टपर र स्कुल टपर विद्यार्थीहरुलाई हामी छात्रवृत्ति दिने गरेका छौं’, उनले भने, ‘यस वर्ष पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिएका छौं ।

उनले धरान आदर्शमा मोरङ, धनकुटा, तेह्रथुम, उदयपुर लगायतका जिल्ला प्रथम र स्कुल प्रथम विद्यार्थीहरुले अध्ययन गर्ने गरेको बताएका छन् ।
उनले भदौ पहिलो साता देखि भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गरिने समेत जानकारी दिएका छन् । आदर्शमा प्लस टुमा साइन्स, म्यानेजमेन्ट र ह्युम्यानिटीज सङ्कायमा नयाँ भर्ना खुल्ला गरेको जनाइएको छ । धरान आदर्शमा म्यानेजमेन्ट र साइन्स सङ्कायको छुट्टाछुट्टै भवनको रहेको छ । साथमा सुविधासम्पन्न छात्रावासको समेत सुविधा रहेको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए ।
कलेजका विद्यार्थीले अहिलेसम्म प्रदेश १ मै उत्कृष्ट नतिजा निकाल्दै आएको उनले बताए । ‘खासमा विद्यार्थी, अभिभावक र अध्यापकहरुको अथक मिहिनेत, परिश्रमले हाम्रा विद्यार्थीको अहिलेसम्मको नतिजा हेर्दा उत्कृष्ट निकाल्दै आएका छन्, यसमै हामीले गर्व गर्ने ठाउँ रहेको छ ।’ उनी भन्छन् । Advt.

प्रकाशित मिति: साउन २५ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend